केपीको अहंकार धेरै नटिक्ने केन्द्रीय सदस्य कुँवरको दाबी

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को चौरपाटी गाउँ संगठन कमिटी प्रथम भेला सम्पन्न भएको छ । एकीकृत समाजवादीका जिल्ला कमिटी सचिवालय सदस्य, गाउँ संगठन कमिटी इन्चार्ज, एवम् गाउँपालिका अध्यक्ष हर्कबहादुर साउदको अध्यक्षतामा भएको भेलाका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय सदस्य, सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष एवम् राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवर रहनुभएको थियो ।

प्रथम भेलामा बोल्दै केन्द्रीय सदस्य कुँवरले केपीको अहंकार धेरै नटिक्ने धारणा व्यक्त गर्नुभयो । उहाँले कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्न षड्यन्त्र केपीबाट भएका कारण अब आउने चुनावमा जनताले केपी ओलीले नेतृत्व गरेको नेकपा एमाले पार्टीको अस्तित्वलाई समाप्त गर्ने दाबी गर्नुभयो ।

उहाँले कम्युनिस्ट आन्दोलनभित्रको निरंकुश, तानाशाही राष्ट्रिय आत्मसमर्पणवादी ढंगले केपी ओली अघि बढेका कारण कम्युनिस्ट पार्टी छिन्न भिन्न भएको बताउनुभयो। अब कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्नको लागि सच्चा कम्युनिस्ट एक ठाउँमा आउने पनि धारणा व्यक्त गर्नुभयो ।

भेलामा बोल्दै विशिष्ट अतिथि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय सदस्य अछाम सह इन्चार्ज एवम् सुदूरपश्चिम  प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री मिना साउदले समाजवादी पार्टीले लिएको विचार,सिद्धान्त र कार्यक्रमले जनताको मन जितेको बताउनुभएको छ। उहाँले केपी ओलीको गलत कदमलाई जनताले साथ सहयोग नदिने दाबी गर्नुभयो ।

वडादेखि पालिकामा भइरहेको जनसहभागिताले समाजवादीको पक्षमा उत्साह बढ्दै गएको उहाँको भनाई रहेको छ। सामाजिक विकास राज्यमन्त्री साउदले चौरपाटी गाउँपालिकाको विकास निर्माणलाई प्रदेश सरकारबाट प्राथमिकता दिने बताउनुभयो ।

भेलालाई प्रदेश कमिटी सदस्य शेरबहादुर साउद, डम्बर नेपाली, समाजवादी प्रेस सङ्गठनका केन्द्रीय उपाध्यक्ष राजेन्द्र कुँवर, जिल्ला कमिटी सदस्य उदैराम साउद, रामबहादुर साउद, शिवबहादुर बिक, डम्बरबहादुर खड्का, अनेरास्ववियुका पूर्व जिल्ला कमिटी अध्यक्ष शंकर कुँवर, युवा संघका केन्द्रीय सचिवालय सदस्य मोहन साउद, बमबहादुर धामी, अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य विनोद धामी, केन्द्रीय सदस्य टेक बटाला, एकेन्द्र कुँवर लगायतले बोल्नुभएको थियो ।

जिल्ला कमिटी सदस्य रामबहादुर साउदले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन समाजवादी प्रेस सङ्गठनका केन्द्रीय सदस्य तपेन्द्र कुँवरले गर्नुभएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker