मंगलसेनमा च्याउको विउ उत्पादन गर्ने प्रयोगशाला स्थापना

कमल रावल मंसिर १२ अछाम

मंगलसेन नगरपालीकाको वडा नम्बर ५ सुन्तलाबारीमा च्याउको विउ उत्पादन गर्ने प्रयोगशालाको स्थापना गरिएको छ । लामो समयदेखि सुन्तलाबारीमा च्याउ ब्याबसाय गर्दै आएका गुमान सिंह बटालाले च्याउको विउ नै उत्पादन गर्ने प्रयोगशाला स्थापना गरेपछी प्रयोगशालाको प्रतिनीधी सभा सदस्य यज्ञ बहादुर बोगटीले उदघाट्न गर्नु भएको हो ।
प्रयोगशालाको उदघाट्न गर्दै सासंद बोगटीले च्याउ ब्याबसाय तिर लागेका हरेक अगुवा कृषकलाई सरकारले सम्मान सहित अनुदानका कार्यक्रम अघि बढाएको बताउनु भयो । आगामि दिनमा समेत स्थानिय, प्रदेश र केन्द्र सरकारबाट सहयोगका लागी पहल गरिने बताउनु भयो । उदघाट्न कार्यक्रममा प्रदेश सभा सदस्य बल बहादुर सोडारी, मंगलसेन नगरपालीका नगरप्रमुख पदम बहादुर बोहराको समेत उपस्थिती रहेको थियो ।
हिमालय च्याउ विउ प्रयोगशालाको स्थापना गरेपछी अब अछामका सबै च्याउ खेती गर्ने कृषकलाई विउ उपलब्ध गराउने संञ्चालक गुमान सिंह बटालाले बताउनु भयो । च्याउ विउ प्रयोगशाला प्रदेश सरकारको भुमि ब्याबस्था कृषि तथा सहकारी मन्त्रालय मार्फत कृषि ज्ञान केन्द्र अछामको ४ लाख र ४ लाख हिमालय च्याउ प्रयोगशालाको लागत गरि ८ लाख लागतमा स्थापना गरिएको हो ।
च्याउ खेती, कुखुरा तथा टर्की पालन ब्याबसाय समेत गरिरहेका बटालाले पशुपालन तथा च्याउ सहित कृषि पेशा गर्नेलाई आफु आवश्यक परामर्श दिन समेत तयार रहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker