मेल्लेखमा स्थानीय सरकार र सामुदायिक बनका उपभोक्ता बिच अन्तरक्रिया

लाल बहादुर चदारा, अछाम : स्थानीय सरकार र सामुदायिक बनका उपभोक्ता बिच अन्तरक्रिया कार्यक्रम अछामको मेल्लेख गाउँपालिकामा सम्पन्न भएको छ ।

डिभिजन बन कार्यलय अछामका अधिकृत भोजराज शर्माको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि मेल्लेख गाउँपालिका अध्यक्ष लोक बहादुर बोहरा रहनु भएको थियो ।

प्रमुख अतिथिको आसन बाट बोल्दै गाउँपालिका अध्यक्ष बोहराले मानव जिवनका लागि बनको महत्वपुर्णभएको बताउनुभयो ।

उहाँले बाच्नका लागि पनि बन अनिवार्य आवश्याकत भएकोले बनको संरक्षण र व्यवस्थापन गर्नका लागी सबैले लाग्नुपर्ने बताउनुभयो ।

बन संरक्षणको लागि लगानी कम भएको भन्दै आगामि दिनमा बन उपभोक्त हरु संग छलफल गरेर लगानी बढाउनुपर्ने बताउनुभयो ।

यस्तै डिभिजन बन अधिकृत भोजराज शर्माले बन सबैको साझा सम्पति भएकाले बनको बिधी, बिधान अनुसार कार्ययोजना बनाई उपभोक्ता हरुले कार्यनयन गर्नुपर्ने र बनको उचित संरक्षणमा ध्यान दिनुपर्ने करामा जोड दिनुभयो ।

गोष्टिमा उपभोक्ता हरुले यस अघि गरेका काम र आगामि दिनमा गर्नुपर्ने क्रियाकलापको बारे छलफल गरिएको थियो ।

गाष्ठिमा मेल्लेख गाउँपालिका उपाध्यक्ष धन बहादुर शाहि, वडा नम्वर ६ वडा अध्यक्ष नरपति रावल, निमित्त प्रमुख प्रशासकीय अधिकृत दिर्घ बहादुर खड्का, डबिजन बन अधिकृत बिमल चन्द, सुरत खडका लगायत मेल्लेखका बन उपभोक्त समितिका पदाअधिकारी हरुको सहभागिता रहेको थियो । गाष्टिको संचालन सहाय बन अधिकृत गणेश ठगुन्नाले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button