मोटरसाईकल दुर्घटनामा एक को मृत्यु ।।


टेकराज भण्डारी, मंसिर २२, अछाम

अछाममा एक जनाको मोटरसाइकल दुर्घटनामा परी ज्यान गएको छ ।
जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ६ हात्तिबाँझका करिब २६ बर्षका गगन जनाला दुर्घटनामा परी ज्यान गएको अवस्थामा भेटिएका हुन् ।

जिल्लाको पुष्पलाल ९मध्यपहाडी० लोकमार्ग अन्तर्गत पर्ने गैरीटाँड( मंगलसेन सडक खण्डको कमलबजार ६ बुदेखोला नजिकै मोटरसाईकल सहित उनी मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।
प्रारम्भिक अनुसन्धानबाट मोटरसाईकल दुर्घटनाबाट ज्यान गएको हुनसक्ने देखिएको उहाँले बताउनु भयो ।
सडक भन्दा केहि मिटर तल मोटरसाइकल रहेको छ । मृतकको सडकको भित्तामा रहेका ढुंगामा

टाउको ठोक्किको अवस्थामा शव भेटिएको हो ।
स्थानीयका अनुसार मृतक मंगलबार राति गैरीटाँडबाट आफ्नो घर हात्तिबाँझतिर आएका थिए ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याईएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी प्रमुख डिएसपी अर्यालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button