खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी मेल्लेखमा तालिम

अछामा : विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी एक दिने तालिम मेल्लेखमा सम्पन्न भएको छ ।

खानेपानी सुविधामा सुधार र प्रयोगात्मक अभिवृद्धिका लागि सामाजिक व्यवहार परिवर्तनको सञ्चार सम्बन्धि १ दिने तालिम मेल्लेख गाउँपालिकामा सम्पन्न भएको हो ।

तालिममा आधारभूत तहमा सिकाइ उपलब्धि र शैक्षिक परिवर्तन नयाँ प्रविधि ज्ञान सीप सरसफाइ लगायत सबै व्यवस्था अधारभुत तहका बालबालिका हरू सँग पु¥याउने उद्देश्य का साथ तालिममा छलफल भएको छ ।

तालिममा सहभागी को तर्फबाट बोल्दै मिना बुढा र बाबुराम साउदले तालिममा छलफल भएका विषय विद्यालय र समुदायमा कार्यान्वयन गर्न तयार हरेको बताउनुभयो ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख वीरेन्द्र बहादुर खड्काको अध्यक्षतामा भएको तालिममा प्रमुख अतिथि मेल्लेख गाउँपालिकाका सामाजिक विकास संयोजक तथा वडा नम्बर ६ का वडा अध्यक्ष नरपति रावल रहनु भएको थियो ।

गाउँपालिकामा दिवा खाजा लागू भएका २९ वटा आधारभूत तहका प्रधानाध्यापक लगायतको सहभागिता रहेको थियो ।

तालिमको सहजीकरण आइ डी एस नेपालका जिल्ला अधिकृत टेक बहादुर खडकाले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन पालिका कोडिनेटर प्रेम खडकाले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button