

कमल रावल, मंसिर २४ अछाम : लैङ्गीक हिंसा न्युनिकरणमा गरिएका प्रयास र आगामी योजनाका बिषयमा सरोकारवालासँग संवाद गर्दै मंगलसेन नगरपालिकामा लैङ्गीक हिंसा विरुद्धको १६ दिने अभियानको समापन गरिएको छ ।
कार्यक्रमका सहभागि महिलाहरुले घर भित्रै देखि महिला माथि थुप्रै हिंसा हुने गरेकाले हिंसा न्युनिकरणका लागी सबैले ध्यान दिनुपर्ने बताएका थिए । महिला तथा बालबालिका माथि हुने हिंसाको प्रमुख कारण मदिरा भएकाले यसको ब्याबस्थापन र नियन्त्रणका लागी स्थानिय सरकार र प्रहरीले ध्यान दिनुपर्नेमा महिलाहरुले जोड दिएका थिए ।
कार्यक्रमका अध्यक्ष मंगलसेन नगरपालिकाका उपप्रमुख तथा न्यायीक समिती संयोजक सरिता उपाध्यायले हरेक महिलालाई हिंसा सहेर नबस्न आग्रह गर्नु भयो । पिडामा परेका हरेक महिला दिदिवहीनीलाई न्याय दिलाउन आफु लागिपरेकाले सबैलाई सहयोग गर्न आग्रह गर्नु भयो ।

न्यायीक समितीमा आउने हरेक उजुरीलाई कानुनी कारबाही भन्दा सम्झाई बुझाई भबिष्यमा हरेक परिवारलाई लाभ हुने तरिकाले सेवा दिदै आईरहेको समेत बताउनु भयो । हिंसामा परेका महीलालाई न्याय दिनका लागि वडा तहमा मेलमिलापकर्ता समेत नगरका १४ वटै वडामा ब्याबस्था भएकाले हरेकलाई उजुरी गर्न समेत आग्रह गर्नु भयो ।
मंगलसेन नगरपालिका र शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समितीको आयोजना तथा नगरस्तरमा क्रियाशिल संघ संस्थाको सहयोगमा भएको कार्यक्रममा अछामका प्रहरी प्रमुख डिएसपि तुलसिराम अर्यालले हरेक महिला दिदिवहीनीलाई समस्यामा परे प्रहरीमा उजुरी गर्न आग्रह गर्नु भयो ।
प्रहरी कार्यालयको तर्फबाट पनी अछामका सबै युनिटबाट १६ दिने अभियानमा थुप्रै सचेतनाका कार्यक्रम संञ्चालन गरिएका जानकारी गराउनु भयो । प्रहरी प्रशासनको तर्फबाट हुने सहयोगमा आफु जहीले पनी प्रतिबद्ध रहेको प्रतिबद्धता समेत जनाउनु भयो ।

कार्यक्रममा सरकारी वकील कार्यालय अछामका प्रमुख कौशल प्रसाद ढुगांनाले पिडीतले न्याय पाउनुका लागी सबैको सहयोगको आवश्यकता रहेको बताउनु भयो । समुदायमा हुने घटनाको साचि समुदायको मानिस हुने भएकाले हरेक सुचना सत्य दिन समेत आग्रह गर्नु भयो । सरकारी वकील कार्यालयमा आएका सबै मुद्दामा न्याय समेत दिईएको बताउनु भयो ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य मना अधिकारी, नेपाली काग्रेस मंगलसेन नगर सभापती झपट बहादुर रावल, नेकपा ऐकिकृत समाजवादीका जिल्ला सचिवालय सदस्य नयन सोडारी, विप्लव निकट नेपाल कम्युनिष्ट पार्टि जिल्ला सचिवालय सदस्य तिलक बिष्टले आ आफ्नो पार्टीको तर्फबाट प्रतिबद्धता जनाउदै हिंसा न्युनिकरणमा समुदाय स्तर बाटै सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा मंगलसेन नगरपालिकाका सबै वडाका वडा अध्यक्ष, सबै बिषयगत शाखाका कर्मचारी, संघ संस्थाका प्रतिनीधी, विभिन्न महिला समुहमा आबद्ध महीलाको सहभागिता रहेको थियो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन तथा सहजीकरण पत्रकार कमल रावलले गर्नु भएको थियो ।