टुट फुटले कुनै पनि पार्टीलाई फाईदा पुग्दैन : भिम रावल

कमल रावल अछाम : नेकपा एमालेका पुर्व उपाध्यक्ष डाक्टर भिम रावलले टुट फुटले कुनै पनि पार्टीलाई फाईदा नहुने बताउनु भएको छ । राजनितीक दलमा आउने फुटले राजिनितिक अस्थिरता र बाह्य देशको हस्तक्षेप बढ्दै जाने बताउनु भयो ।

अछाम सदरमुकाम मंगलसेनमा प्रेस चौतारी नेपाल जिल्ला शाखा अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता रावलले कम्युनिस्ट आन्दोलन टुट फुट गराउने कतिपय ब्यक्ति जिम्मेवार भएकाले सबैले सोच्नुपर्ने बेला आएको बताउनु भयो । २०५४ सालमा पार्टी फुटदा पीडा नेकपा एमालेले भोगेकाले आफू फुटको पक्षमा नरहेको बताउनु भयो ।

देशको हितका लागि अझै पनि कम्युनिस्टहरु एक ढिक्का भएर अघि बढनु पर्ने बताउनु भयो । पार्टि भित्रको विधि पद्धति प्रति संकेत गर्दै पार्टि भित्रको अराजकता अन्त्य हुनुपर्ने बताउनु भयो । हालै मात्रै पार्टीको १० अौँ महाधिवेशनबाट नयाँ नेतृत्व आएकाले ओलि नेतृत्वको पार्टी पत्तिको परिक्षाको दिन सुरु भएको बताउनु भयो ।

प्रेस चौतारी अछामका उपाध्यक्ष एकेन्द्र महताको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा संसद र राष्ट्रिय सभाको ससंद अबरुद्ध को विषयमा बोल्दै नेता रावलले नियमित चल्नु पर्नेमा जोड दिनु भयो । सरकारका नियमित कामकारबाही चलिरहने सदन अबरुद्ध गर्नुको कुनै अर्थ नरहेको बताउनु भयो ।

सदन अबरुद्ध गर्नु यतिबेला कुनै षड्यन्त्रको खेल भईरहेको आरोप समेत लगाउनु भयो । विभिन्न संचार माध्यममा कार्यरत पत्रकारको सहभागिता रहेको पत्रकार सम्मेलनको संचालन प्रेस चौतारीका सचिव टेक बहादुर थापाले गर्नु भएको थियो ।

त्यसअघि डाक्टर रावललाई मंगलसेन नगरपालिकाको भवन अवलोकन सहित मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा, उपप्रमुख सरिता उपाध्याय, प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी लगाएत सम्पूर्ण कर्मचारीले स्वागत गर्नु भएको थियो । साथै रावलले नेकपा एमाले मंगलसेन नगरकमिटिले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई समेत सम्बोधन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button