
मंगलसेन नगरपालिकामा किशोरकिशोरी तथा युवा सशक्तीकरण परियोजना प्रभाबकारी
शंकर थापा अछाम : परियोजना सल्लाहकार समिती संगको बैठक तथा समिक्षा कार्यक्रम मंगलसेन नगरपालिकामा सम्पन्न भएको छ ।
वाक नेपाल र सेभ द चिल्ड्रेन संगको साझेदारीमा संचालित किसोर किसोरि तथा युवा सशक्तिकरण परियोजना द्वारा सम्पन्न भएका योजनाको अर्धबार्षिक सनिक्षा गरिएको हो ।
कार्यक्रममा विशेष गरि परियोजना लागू भए देखि भए, गरेका काम र उपल्ब्धी, परिबर्तनका बारेमा छलफल भएको थियो भने आगामी दिनमा गर्ने योजनाका बारेमा कार्ययोजना समेत प्रश्तुत गरिएको थियो ।

मंगलसेन नगरपालिका उप– प्रमुख सरिता उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको समीक्षा कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख पदम बहादुर बोहरा रहनुभएको थियो ।
प्रमुख अतिथीको आसन बाट बोल्दै नगर प्रमुख बोहराले नगरपालिकामा वाक नेपाल संस्थाले लागू गरेको परियोजना बाट संचालित कार्यक्रमहरु प्रभावकारी बनेका बताउनुभयो ।
परियोजनाले सन्चालन गरेका हरेक क्रियाकलापहरु छोटो समयमा प्रभाबकाती देखिएको उल्लेख गर्दै बिश्वासिलो गैर सरकारी संस्थाको पहिचान बनाएको भन्दै प्रसंशा समेत गर्नुभयो ।

साथै उहाले परियोजनाले स्थानीय स्थरका जनताहरुको बिश्वास दिलाउने खालका क्रियाकलापहरुलाई पहिलो प्राथमिकता दिन आग्रह समेत गर्नुभयो ।
परियोजनाले विशेषगरि युवा किसोर, किसोरीको क्षेत्रमा काम गर्ने भएकाले समाज परिबर्तनका सम्बाहकको रुपमा खडा भएका व्यत्तीहरु लाई लक्षित गरेर कार्यक्रम ल्याउनुपर्नेमा उहाँको सुझाब छ ।

कैयौं युवाहरु अहिले पनि रोजगारीको लागि भन्दै भारत लगायत बिदेशका अन्य देशमा जानुपर्ने बाध्यता रहेको भन्दै उहाँले युवा लक्षित स्वरोजगार कार्यक्रम संचालन गरि स्वदेशमै आत्मनिर्भर बनाउने खालका क्रियाकलाप सन्चालन गर्न सुझाव दिनुभयो ।

युवा लक्षित कार्यक्रम सन्चालन गर्नका लागि परियोजना संग नगरपालिका सहकार्य गर्न तयार रहेको बताउनुभयो । साथै परियोजना बाट संचालित क्रियाकलापहरुलाई थप प्रभावकारी बनाउनका लागि आफू लगायत नगरपालिकाको सहयोग रहने उल्लेख गर्नुभयो ।
कार्यक्रममा सहभागीहरुले वाक नेपालले परियोजना लागू गरेदेखि छोटो समयमै धेरै उपलब्धि र राम्रो सुरुवात गरेको बताएका छन् । संचालित क्रियाकलापहरु नमुना र प्रभावकारी भएको उल्लेख गर्दै अझै नमुना प्रभाबकारि बनाउन थप सक्रियता बढाउनुपर्ने बताएका हुन् ।
परियोजनाले जिबिकोपार्जनको क्षेत्रमा बढि जोड दिएमा क्षिक्षा, स्वास्थ्य लगायतका अन्य क्षेत्रको बिकास हुने भएकाले उत्त क्षेत्रमा जोड दिन सुझाब दिएका छन् ।

कार्यक्रममा नगरका विभिन्न वडाका वडा अध्यक्षहरु, प्रमुख प्रसासकिय अधिकृत खकेन्द्र बहादुर सोडारि, विभिन्न विषयगत शाखाका प्रमुख तथा प्रतिनिधिहरु, परियोजना लागु भएका विद्यालय व्यवस्थापन समितका अध्यक्ष, प्रधानाध्यापक लगायत पत्रकारहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमको सहजिकरण वाक नेपालद्धारा सञ्चालित किसोर किसोरि तथा युवा सशक्तीकरण कार्यक्रम संयोजक महादेव ओझाले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन फिल्ड अधिकृत रमिता ढुङ्गानाले गर्नुभएको थियो ।