अछामको रामारोशन लगाएत सुदूरपश्चिमका दुई स्थानीय तहका वडा विभाजन गरिने

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका दुई जिल्ला अछाम र बझाङ गरेर दुई गाउँपालिकाका वडा विभाजन गर्न सिफारिस गरेको छ ।

प्रदेश मन्त्रिपरिषदको आज बसेको बैठकले प्रदेशका दुई पालिकाका वडा विभाजन गर्ने सिफारिससहित विभिन्न पाँचवटा निर्णय गरेको हो ।

प्रदेश सरकारकी प्रवक्ता समेत रहकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले अछामको रामारोशन गाउँपालिकामा वडा विभाजन गरेर १२ वटा वडा पुर्याउने र बझाङको मष्टा गाउँपालिकामा ११ वटा वडा पुर्याउने निर्णय भएको बताइन् । हाल रामारोशनमा सातवटा वडा छन् भने मष्टामा हाल ९ वटा वडा रहेका छन् ।

गाउँ सभाबाट निर्णय पारित भएर आएको थियो । सबै प्रक्रिया पुगेकाले हामीले संघिय सरकारलाई सिफारिस गर्ने निर्णय गरेका छौं’ उनले भनिन् ।

यस्तै प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेशको प्रथम पन्चवर्षीय योजना आर्थिक वर्ष २०७८र७९ देखि २०८२र८३ को संक्षिप्त अवधारण पत्र स्वीकृत गर्ने, कर्मचारी भर्ना गर्ने निर्णय पनि गरिएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा रहेको प्रदेश राजपत्र छपाई मेसिनमा प्राविधिक दुई जना र एकजना कार्यालय सहयोगी गरेर तीन जनाको अस्थायी दरबन्दी स्वीकृत गर्ने, फर्म नवीकरण गर्ने समयावधि र जरिवाना मिनाहा गर्ने सम्बन्धी निर्णय गरिएको मन्त्री जोशीले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button