
अनेरास्ववियु अछाम जिल्ला सम्मेलनको तयारीमा
अछाम : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु आफ्नो १८ औँ जिल्ला सम्मेलनको तयारीमा जुटेको छ। आगामी पुष १९ र २० गते मंगलसेनमा हुन गई रहेको १८ औँ जिल्ला सम्मेलनका लागि अनेरास्ववियु अछामले आफ्ना क्रियाकलापहरु अघि बढाएको हो।
दक्षिण पन्थि अवसरवाद र संगठनात्मक अराजकताका विरुद्ध हाम्रो अभियान सर्वसुलभ, गुणस्तरिय तथा प्राविधिक शिक्षाको पक्षमा १८ औँ सम्मेलन भन्ने मुल नाराका साथ अनेरास्ववियु अछामले जिल्ला स्थित विभिन्न क्याम्पस तथा विद्यालयहरुमा कमिटी गठन अभियानलाई तिव्रता दिएको छ।
जस अन्तरगत बिहीबार त्रिपुरा सुन्दरी क्याम्पस श्रीकोटमा ११ सदस्सीय क्याम्पस कमिटी गठन गरेको छ। अनेरास्ववियुका आरति नेपालीको अध्यक्षतामा ११ सदस्सीय क्याम्पस कसमटी गठन गरीएको हो। कमिटीको उपाध्यक्ष सन्तोष कडायत, सचिव पवन कुँवर, सहसचिव लोकसरी कुँवर र पुजा स्वार, लगाएत अन्य सदस्यहरु चयन गरीएका छन्।
अनेरास्ववियु जिल्ला कमिटी सदस्य तथा क्याम्पस विभाग प्रमुख भिम बडाहित र अनेरास्ववियु साँफेबगर नगर संयोजक रेबन्त बिष्ट लगाएतको उपस्थिति रहेको थियो। यस्तै अनेरास्ववियुले साँफेबगर नगरपालिका वडा नम्बर २ जाल्पादेवि त्रिपुरा सुन्दरी माध्यामिक विद्यालयमा पनि अनेरास्ववियुको प्रारम्भीक कमिटी गठन गरेको छ।
अनेरास्ववियुले हिक्मत कुँवरको अध्यक्षतामा १५ सदस्सीय प्रारम्भीक कमिटी गठन गरेको हो। कमिटीको उपाध्यक्षमा जीवन बिक, पुजा खड्का, सचिव कृष्ण विक, सहसचिव पवित्रा बोगटी, अनिता बोगटी लगाएतका सदस्यहरु चयन गरीएका छन्।
यस्तै अनेरास्ववियुले साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोट स्थित बेताल माण्डौँ माध्यामिक विद्यालयमा पनि प्रारम्भीक कमिटी गठन गरेको छ। पुजा रावतको अध्यक्षतामा प्रारम्भीक कमिटी गठन गठन गरीएको छ।
कमिटीको उपाध्यक्षमा सत्य खड्का, गोपाल खड्का, सचिव रबिना महता, सहसचिव हर्क महता, निर्कला बोहरा लगाएत २३ सदस्सीय कमिटी गठन गरीएको अनेरास्ववियु जिल्ला कमिटी सदस्य तथा क्याम्पस विभाग प्रमुख भिम बडाहितले जानकारी दिनु भयो।