
अछाम ८ पौषः जनप्रतिनिधि महिला र सिमान्तकृत समुहका विपन्न महिलाहरूलाई बीउ पुजी सहयोग रकम बितरण कार्यक्रम मंगलसेन नगरपालिकामा आज सम्पन्न भएको छ । मंगलसेन नगरपालिकाका ३६ जना महिलाहरुलाई ८ लाख ७० हजार बीउ पूजी सहयोग रकम हस्तान्तरण गरिएको हो ।
दलित महिला संघ अछामको आर्थिक सहयोगमा नगरपालिकाका १४ वटै वडाका दलित तथा महिला जनप्रतिनिधिहरुलाई बीउ पूजी सहयोग रकम हस्तान्तणर गरिएको थियो । नगरपालिकाका केही व्यवसाय संञ्चालन गरिरहेका र गर्ने योजना बनाएका आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई वितरण गरिएको दलित महिला संघ अछामका कार्यक्रम संयोजक लक्ष्मी सोबले जानकारी दिनुभयो ।
महिलाहरुलाई राजनितिक तथा आर्थिक रुपमा बलियो बनाउने उद्येश्यले महिला जनप्रतिनिधिलाई जनही ३० हजारको चेक र समुहका महिलाहरुलाई जनही २० हजारको चेक रकम एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ । दलित महिला संघ अछामका उपाध्यक्ष सकुन्तला आउजीको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिकाका नगर उप प्रमुख सरिता उपाध्याय रहनुभएको थियो । कार्यक्रममा बोल्दै उपाध्यायले महिलाहलाई आर्थिक रुपमा बलीयो र उद्यमी बनाउन दलित महिला संघ अछामले महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।
विभिन्न कारणले समाजमा दबीएर बसेका महिलाहरुका क्षेत्रमा दलित महिला संघ अछामले काम गरेको भन्दै यो कार्यक्रमले समाजका पछाडी पारेका र परेका महिलाहरु लभान्वित भएको बताउनुभयो । समाजका आर्थिक अवस्था कमजोर भएका तर केही गर्न चाहाने महिलाहरुका लागि जिल्ला स्वास्थ्य कार्यालय अगाडीको जग्गा उपलब्ध गराउन समेत तयार रहेको उहाँले प्रतिबद्धता समेत जनाउनु भएको छ । कार्य योजना सहित नगरपालिकामा आउने महिला उद्यमीहरुलाई नगरपालिका सहयोग गर्न तयार रहेको नगर उप प्रमुख उपाध्यायको भनाई छ ।
बीउ पूजी सहयोग रकम हस्तान्तरण कार्यक्रममा बिष्टि अतिथीको आशनबाट बोल्दै दलित महिला संघको केन्द्रिय महासचिव रेनु सिजापतिले सिमान्तकृत महिला तथा जनप्रतिनिधिहरुको क्षतमा अभिबृद्धि तथा आर्थिक रुपमा बलीयो बनाउने उद्येश्यले आफ्नो संस्थाले काम गरिरहेकाले सोही कार्यक्रम अनुरुप आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई सहयोग गरिएको बताउनुभयो । महासचिव सिजापतिले संस्थाबाट लिएको रकमको सहि सदुपयोग गरि आफ्नो जिविकोपार्जन गर्ने कार्यमा लाग्न सुझाव दिनुभएको छ ।
रकम लिएका महिलाहरुले समाजमा नमुना काम गरेमा आगामी दिनमा थप सहयोगका कार्यक्रहरु लिएर आउने प्रतिबद्धता जनाउनु भएको छ । कार्यक्रममा जिल्ला समन्वय समिती डोटीका उप–प्रमुख ससी सोप, मंगलसेन नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खकेन्द्र बहादुर सोडारी, सम्पुर्ण वडा अध्यक्षको तर्फबाट वडा नम्बर ११ का वढा अध्यक्ष झपट बहादुर रावल, पत्रकार मेनुका ढुंगाना लगायतले मन्तब्य राख्नुभएको थियो ।
नगरपालिकाका १४ वटै वडाका अध्यक्ष, सरोकारवाला, सञ्चारकर्मी लगाएकोे सहभागिता रहेको थियो । दलीत महिला संघका सचिब तथा कार्यपालिका सदस्य भावना बिकको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन दलित महिला संघ अछामका कार्यक्रम संयोजक लक्ष्मी सोबले गर्नुभएको थियो ।