
अछाम : मंगलसेन नगरपालिकाले चालु आर्थिक वर्षका लागि वडा स्तरमै योजना सम्झौता गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गरि सम्वन्धित वडामै योजनाहरुको सम्झौता गरिने जनाएको हो ।
जनमैत्री, छिटो छरितो र प्रभावकारी सेवा प्रवाह गर्न तथा उपभोक्ताहरुलाई सहजताका लागि वडामै सम्झौता कार्य गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले बताउनुभयो ।
योजनाहरुको समझौता कार्य सबै १४ वटै वडामा पौष १४ गते भीत्र गरिसक्न पनि सूचना मार्फत भनिएको छ ।
उक्त अवधिभीत्र सम्झौता नभएका योजनाहरुको हकमा नगरपालिकाबाट कुनै कारबाही अगाडी नबढाईने तथा त्यसको जिम्मेवार सम्वन्धित वडा कार्यालय हुनुपर्ने नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ ।
सबै वडा कार्यालयमा सफ्टवयर मार्फत योजनाहरुको सम्झौता कार्य गरिन लागेको नगरपालिकाका सूचना अधिकारी विष्णुप्रसाद जैशीले जानकारी दिनुभयो ।
