नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिमको अध्यक्षमा ढुंगाना

अछाम । नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिम प्रदेश समितीको अधिबेशन सम्पन्न भएको छ ।

अधिबेशनले स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाको अध्इक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

प्रदेश अध्यक्षमा ढुंगाना र्निविरोध चयन भएको निर्वाचन समिती संयोजक लाल बहादुर धामीले बताए ।

यस्तै अधिबेशनबाट अन्य कार्य समिती समेत र्निविरोध चयन भएको छ । जसमा उपाध्यक्ष जानकी पराजुली कैलाली, सचिवमा अशोक कुमार जोशी बाजुरा, कोषाध्यक्षमा महेश प्रसाद बिष्ट दार्चुला, सहसचिवमा धनराज मिश्र बझांग रहेका छन् ।

यस्तै सदस्यमा अञ्जु भट्ट कैलाली, नृपराज डगौँरा कञ्चनपुर, देचिन्द्र थापा बझांग, लालमणी जोशी बैतडी, प्रकाश बहादुर देउवा डोटी र संजय बहादुर चन्द बैतडी र्निविरोध चयन भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button