योजना सम्बन्धि बस्ती स्तरको सार्बजनिक सुनुवाई कार्यक्रम मंगलसैन नगरपालिकाको ३ मा सम्पन्न ।।

योजना सम्बन्धि बस्ती स्तरको सार्बजनिक सुनुवाई कार्यक्रम मंगलसैन नगरपालिकाको वडा नम्बर ३ मा सम्पन्न भएको छ । वडा अध्यक्ष पदम सिंह भाटको अध्यक्षतामा भएको कार्यक्रममा सेवा प्रवाह तथा आर्थिक बर्ष २०७८÷०७९को कार्यक्रम तथा योजनाको बारेमा जानकारी गराइएको थियो ।

सेवाग्रही र सेवाप्रदायक बिच भएको असमझदारी तथा समुन्वयको कमीलाई एक आपसमा समझदारी गराई सेवा प्रदान गर्ने उदेश्यले कार्यक्रम गरिएको मालिका बिकास संघका सूचना अधिकारी कुलबहादुर साउँदले जानकारी दिनुभयो ।

मंगलसैन नगरपालिका वडा नम्बर ३ को आयोजना मालिका बिकास संघ नेपालको समुन्वय तथा ईनलोगोस काठमाण्डौं परिवर्तन परियोजनाको प्राबिधिक सहयोगमा भएको कार्यक्रमको सहजीकरण ईनलोगोस काठमान्डौंका परामर्शदाता रमेश प्रसाद मैनालीले जानकारी गराउनु भएको थियो ।

सार्बजनिक सुनुवाई कार्यक्रमका सहभागीहरुले आगामी दिनमा वडाले बजेट बिनीयोजन गर्दा आवश्यकताको महसुुस गरेर र लागत अनुसारको योजना छनौट गर्नुपर्ने सुझाब दिनुभएको थियो । कार्यक्रममा वडाका सम्पूर्ण सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन वडा सचिब बालकृष्ण ढुंगानाले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker