आगामि चुनाबमा नेकपा एमाले पहिलो पार्टि बन्छ बोगटीको दावि ।।

नेपाल कम्युनिष्ट पार्टि नेकपा एमालेका केन्द्रीय सदस्य, अछाम जिल्ला सहईन्चार्ज अछाम क्षत्र नम्वर २ बाट प्रतिनिध सभा सदस्य यज्ञ बहादुर बोगटीले आगामि चुनाबमा एमाले पहिलो पार्टि बन्ने दावि गर्नुभएको छ । आगामि निर्बाचनमा पार्टिका सबै नेता नेता तथा कार्यक्रताहरु एकताबद्ध भएर अगाडि बढ्ने भन्दै उहाँले देशकै पहिलो शक्तिको रुपमा एमाले पार्टि स्थापित हुने बताउनुभयो ।

उहाँले सच्चा देश भक्त नागरिकहरु, देश बिकास चाहाने र समृद्ध देश चाहानेहरुले एमाले पार्टि रोज्नुपर्ने र देशको पहिलो शक्तिको रुपमा स्थापित गर्नका लागी लाग्न पनि सबै नेता कार्यक्रताहरुलाई आग्रह गर्नुभयो । सम्पूर्ण कार्यकर्तालाई एकताको पक्षमा उभिन समेत आग्रह गर्नुभयो । साथै उहाँले यसअघिका तिक्तता बिर्सेर एमालेलाई बलियो बनाउने तर्फ सबैले लाग्नुपर्नेमा समेत जोड दिनुभयो ।

प्रेसचौतारि नेपाल अछामका अध्यक्ष टेकराज भण्डारीको अध्यक्षतामा आयोजना गरिएको पत्रकार संम्मेलनमा बोल्दै नेता बोगटीले अहिलेको गठबन्धन सरकार नेपालि जनताहरुलाई दुख दिनलाई मात्र गरिएको आरोप लगाउनुभयो । गठबन्धन सरकार जनताको ईच्छा अनुशार,नभई देशको समृद्धि र हित बिपरित काम गर्दै जनतालाई दुख दिने काम गरेको उल्लेख गर्नुभयो । उहाँले नेकपा एमालेको सरकारको पालामा सुरुवातगरिएका जिल्लाका ठुला आयोजनाहरु, बिकास निर्माणका काम, सडक लगायतका महत्वपुर्ण योजना गठबन्धन सरकारले काटेको आरोप लगाउनुभयो ।

यसैबिच पत्रकार सम्बेलनमा बोल्दै नेता बोगटीले अमेरिकी सहयोग मिलिनिय च्यालेन्च कर्पोरेसन एमसीसीका बिरुद्धमा एमाले पार्टिको स्पष्ट भिजन अर्थात धारणा रहेको उल्लेख गर्नुभयो । एमाले पार्टि अहिले सत्तामा नरहेको उल्लेख गर्दै उहाँले एमिसीसी बिशेषगरि अहिलेको गठबन्धन सरकारले ल्याएको बताउनुभयो । एमसीसी अहिलेको सरकारले संसदमा ल्याएपछि आप्नो पार्टिले अध्ययन गर्ने र नेपालि जनताको चाहाना र माग अनुशार पार्टिले कदम चाल्ने बताउनुभयो । राष्ट र राष्टियताको बारेमा सोच्दै नेपालि जनताको चाहाना र देशको लागी नेकपा एमाले पार्टिले स्पष्ट धारणा बनाएर अगाडी बढ्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा अछाम जिल्लाका बिभिन्न सन्चारमाध्यममा कार्यरत सञ्चारकर्मिहरुको सहभागीता रहको पत्रकार सम्मेलन कार्यक्रमको सञ्चालन नेपाल चौतारिका जिल्ला सचिव टेक बहादुर थापाले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button