
पुष १६ अछाम : नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य, संगठन विभाग प्रमुख प्रकाश शाहले आठौं जिल्ला अधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएको छ । आज पत्रकार सम्मेलन गरेर सचिवालय सदस्य शाहले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
उम्मेदवारी घोषणा कार्यक्रममा वोल्दै शाहले पार्टीको आन्तरिक जीवनलाई मजवुत बनाउँदै अछाममा एक नम्बरको पार्टी बनाउनको लागि आफूले अध्यक्षमा उम्मेदवारी दिने बताउनुभयो । उहाँले आफूले अध्यक्षमा निर्वाचित भएपछि अछाममा नेकपा एमालेलाई पहिलो पार्टी बनाउने दावि गर्नुभयो ।
विभाजित कम्युनिष्ट पार्टीसँग कार्यगत एकता गरेर ठूलो पार्टी बनाउने घोषणा समेत गर्नुभयो । अछामका ९१ वटै वडाका वडा अध्यक्ष, दश वटै पालिकाका अध्यक्षको वलमा अध्यक्षको लागि उम्मेदवार बन्ने प्रष्ट पार्नुभयो ।
जिल्ला अधिवेशनले सर्बसम्मत नेतृत्व चयन गर्नुपर्ने आफ्नो मान्यता रहेको बताउँदै उहाँले युवा नेतृत्वले अवसर पाउनु पर्नेमा जोड दिनुभएको छ । टिके प्रथावाट नेतृत्व चयन गर्ने पक्षको विरुद्धमा आफू रहेको धारणा व्यक्त गर्नुभयो ।
सचिवालय सदस्य शाहले पार्टीका नेता कृष्णप्रसाद भट्टराईको समर्थन आफूलाई रहेको दावि गर्नुभयो । उहाँले २८ वर्ष अघि अछाममा पार्टीको नेतृत्व गरिसकेका कारण भट्टराईले पार्टी अध्यक्षको लागि दावि नभई जिल्लामा अभिभावकको भूमिका निर्वाह गर्ने धारणा व्यक्त गर्नुभयो । पार्टी नेतृत्वले भट्टराईलाई केन्द्रिय सदस्य नबनाएर गम्भिर गल्ति गरेको अध्यक्षका उम्मेदवार शाहको भनाई रहेको छ ।
सचिवालय सदस्य शाहले अध्यक्षको उम्मेदवार कुनै वार्गिङ्गको लागि नभई नेकपा एमालेलाई वलियो बनाउनको लागि भएको धारणा व्यक्त गर्नुभयो । उहाँले २०४७ सालबाट बाजुराबाट बिद्यार्थीवाट राजनीति सुरुवात गर्नुभएको हो ।
अनेरास्ववियूको सहसचिव, पार्टीको ईलाका कमिटी सचिव, ईन्चार्ज हुदै दुई कार्यकाल पार्टीको जिल्ला कमिटी सदस्य बन्नुभएको थियो । यस्तै नेकपा एमाले र माओवादी केन्द्र एकिकरण पछि जिल्लाको संगठन विभाग प्रमुख समेत बन्नुभएको थियो ।
एमाले र माओवादी केन्द्र अलग अलग भएपछि उहाँ अहिले नेकपा एमालेको सचिवालय सदस्य, एवम् संगठन विभाग प्रमुख र आठौं जिल्ला अधिवेशनको प्रचार प्रसार प्रमुख समेत हुनुहुन्छ ।