
अछामका ७७ वडामा एमालेको प्रतिनिधि छनोट
अछाम : नेकपा एमाले अछामले जिल्लाका ९१ वटा वडा मध्ये ७७ वटा वडाबाट प्रतिनिधि छनोट सर्वसम्मत सम्पन्न गरेको छ ।
मंगलसेन नगरपालिकाका १२, साँफेबगर नगरपालिकाका १३, कमलबजार नगरपालिकाका ८, पंन्चदेवल विनायक नगरपालिकाका ६ वडाबाट जिल्ला अधिबेशनका लागि प्रतिनिधि टुंगो लागेको बताईएको छ ।
यस्तै तुर्माखाद गाउपालिकाका ८, मेल्लेख गाउपालिकाका ८, रामारोशन गाउपालिका ७, ढकारी गाउपालिकाका ६, बान्निगढी जयगढ गाउपालिकाका ६ र चौरपाटी गाउपालिकाका ३ वटा वडामा टुंगो लागेको एमाले अछामका कार्यालय सचिव लिलाराज केसीले जानकारी दिनु भयो ।
बाकी १४ वडामा प्रतिनिधि छनोट कार्य जारी रहेकाले भोलिसम्म टुंगो लागिसक्ने केसीले बताउनु भयो ।
नेकपा एमाले अछामको आठौं जिल्ला अधिबेशन पौष २३ गतेबाट सुरु हुदैछ ।