दर्नामा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन

शंकर थापा अछाम : अछामको बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नामा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ ।

आज एक औपचारिक कार्यक्रका बिच नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको हो । नवनिर्मित वडा कार्यालय भवनको नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज झपट बहादुर बोहराले उद्घाटन गर्नुभएको बताईएको छ ।

सुदुरपश्चिम प्रदेश सरकारको समपुरक २५ लाख र गाउँपालिकाको समपुरक २५ लाख गरि ५० लाख बजेटको ठेक्कामा ३१ लाख ४५ हजार ८ सय ६४ रुपैयाँ १६ पैसा भ्याट सहितको रकममा जि एण्ड जे र ठकुल्ला निर्माण सेवा जेभिले निर्माण कार्य सम्पन्न गरेको निर्माण कार्यमा सङ्लग्न प्रतिनिधि हर्क बहादुर साउदले जानकारी दिनुभयो ।

वडा अध्यक्ष कृष्ण बहादुर कडायतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज बोहरा रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी बोहराले आफू कुनै पनि पार्टी छोडेर गएको नभई पार्टी एकताको पक्षमा उभिएको बताउनुभयो ।

आफू प्रदेश सरकारको अर्थमन्त्री हुदा गरेका बिकास निर्माणका काम र जनताको पक्षमा गरेको बजेट बिनियोजन र सकारात्मक बिकास देख्न नसकेर विभिन्न दलहरुले अनावश्यक आलोचना गर्नुको कुनै तुक नरहेको उहाँको भनाई छ ।

अनावश्यक आलोचना गर्नुको सट्टा जनताको हितमा जनताले देख्ने गरि काम गर्न उहाँले सुझाउनु भयो । निजि स्वार्थका लागी बनेको अपवित्र गठबन्धनको सरकार धेरै दिन नटिक्ने बोहोराको दावी छ ।

निजि स्वार्थका लागि बनेको गठबन्दनलाई जनताले आउदो निर्वाचनमा उचित परिणाम दिने उहाँले बताउनुभयो ।

आफ्नो पार्टीले गरेका नराम्रा कामलाई पनि राम्रा देख्ने र अरुका पार्टीले गरेका राम्रा काम पनि नराम्रा देख्न अन्धभक्तपन नहट्नु पनि राजनितीमा ठूलो समस्याका रुपमा देखिएको बोहराको भनाइ छ ।

जनताका घर दैलोका आधारभुत आवश्यकता देखि सडक,पुर्वाधार ,स्वास्थ्य,शिक्षा लगायतका थुप्रै योजना साकार पार्न र समृद्ध नेपाल सुखी नेपालीको मुल मन्त्रलाइ साकार पार्न देशमा एमालेको सरकारको बिकल्प नहुने बताउदै प्रमुख अतिथि बोहराले आगामी निर्वाचनमा स्थानीय तहदेखी केन्द्र सम्म एमाले बहुमतका साथ खडा हुने ठोकुवा गर्नुभयो ।

पछिल्लो समय विभिन्न प्रलोभनमा पार्टीमा प्रवेश गर्ने गराउने क्रम बढेको तर्फ संकेत गर्दै उहाले सवै माछा जालमा नपर्ने तर बल्छिमा राखीएको चारो खाईदिने बताउदै सरकारको रकमको दुरुपयोग गरि धेरै बाठो बन्न खोज्दा उचित परिणाम नअाउने समेत बताउनुभयो ।कार्यक्रममा विशिष्ट अतिथी गाउँपालिकाका उपाध्यक्ष लोक बहादुर साउद रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै बिशिस्ट अतिथी साउदले प्रदेस सरकार र संघिय सरकारसंगको साझेदारीमा बिकास निर्माणका कार्य गर्न गराउन गाउँपालिका सरकार लागि परेको बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर ५ कालिकाका वडा अध्यक्ष लाल कामी, निमित्त प्रमुख झनक प्रशाद रेग्मी लगायत विभिन्न राजनीतिक दलका प्रनुख तथा प्रतिनिधि, कार्यपालिका सदस्य, विभिन्न संघ सस्थाका प्रतिनिधि, सरोकारवाला, शिक्षक, अबिभाबक र बिध्यार्थी लगायत स्थानियहरुको सहभागीता रहेको थियो ।

वडा सदस्य चङ्ख बहादुर रावतको स्वागत मन्तब्य बाट सुरुभएको कार्यक्रमको संचालन वडा सचिब नारायण रिमालले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button