मन्दीरका देवी जस्तै घरका देवीलाई सबैले पुज्न सिकौँः प्रजिअ उपाध्याय


कमल रावल, मंसिर १३ अछाम अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले मन्दीरमा पुज्ने देवीका जसरी आफ्ना घरका देवीलाई हरेक पुरुषले पुज्न सिक्नु पर्ने बताउनु भयो । घरका हजुरआमा, आमा, भाउजु, श्रीमती, दिदिवहीनीलाई प्रत्येक ब्यक्तिले सम्मान गर्न सके महिला माथी हुने हिसां न्युनिकरण हुदै जाने बताउनु भयो ।

बिशेषत सुदुरपश्चिम प्रदेशमा हरेकमा पुरुषवादी चिन्तन हुनाले पनी महिलाले हिसां खेप्नु परेको बताउनु भयो । रेडियो रामारोशनसँग कुराकानी गर्दै प्रमुख जिल्ला अधिकारी उपाध्यायले महिलाको चेतना बढाउदै घरभित्रको वातावरण शान्त र मर्यादित बन्दै गए समुन्नत समाज निर्माण हुने बताउनु भयो । आफु जहीले पनी महिलाका समस्या प्रती संवेदनशिल रहेको जानकारी दिनु भयो ।

पिडामा परेकालाई उद्धार सहित न्याय दिनका लागी सबैले साथ दिनु पर्नेमा जोड दिनु भयो । लैगिंक हिसां विरुद्धको १६ दिने अभियान संञ्चालन सुरु भएको सुरुवाती दिनदेखी जिल्ला प्रशासन कार्यालयको तर्फबाट हरेक नागरिकलाई सचेतना जगाउने कार्य सुरु गरेको बताउनु भयो । जिल्ला प्रशासनमा संञ्चालन हुने नागरिकता सचेतनासँगै लैगीक हिसा, महिला हिसां, घरेलु हिसां बालविवाह छाउपडी प्रथा न्युनिकरणका बारेमा सचेतना जगाउने गरेको बताउनु भयो ।

करिब १ सय ५० बढी नागरिक एकैपटक जम्मा हुने थलो नागरिकता सचेतना अन्तरक्र्रिया कार्यक्रम भएकाले कार्यक्रम प्रभाबकारी बन्दै गएको बताउनु भयो । हरेकले सोचलाई परिवर्तन गर्दै सचेतना कार्यक्रम गर्दै गए हिसां न्युनिकरण हुदै जाने बताउनु भयो ।

अछाम जिल्लाका १० वटै स्थानीय तहका न्यायीक समिती संयोजकसँग समेत आफुले नियमीत हिसां न्युनिकरण लागी छलफल गरिरहने भएकाले न्यायीक समितीमा आउने घट्नालाई समिक्षा गर्दै कार्य योजना बनाएर अघि बढनु पर्र्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button