
कालिका आधारभूत विद्यालय बिर्कुमा अन्तरक्रिया
अछाम, २३ पौषः सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि १ दिने अन्तरक्रिया कार्यक्रम मङ्गलसेन नगरपालिका १२ को कालिका आधारभूत विद्यालय बिर्कुमा सम्पन्न भएको छ ।
नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा नगरका सबै वडामा भईरहेको चरणवद्द अभियान अन्तरगत उक्त कार्यक्रम गरिएको हो ।
बिद्यालय व्यवस्थापन समिति अध्यक्ष झंकर बहादुर रावलको अध्यक्षतामा भएको अन्तरक्रियामा वडानम्वर १२ का अध्यक्ष प्रेम बहादुर रावल प्रमुख अतिथि रहनुभएको थियो ।
वडा अध्यक्ष रावलले विद्यालयको शैक्षीक गुणस्तर अभिबृद्धका लागि सबै सरोकारलावा एकजुट भएर लाग्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा मंगलसेन नगरपालिकाका शिक्षा अधिकृत जगत बहादुर रावलले कार्यक्रमको उद्येश्य माथि प्रकाश पार्दै स्वागत तथा सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा वडा सदस्यपदम रावल बिशिष्ट अतिथि रहनुभएको थियो भने शिक्षक अभिभावक संघका कार्यवाहक संयोजक टेक बहादुर रावल लगायतका अतिथि रहनुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर रावलले विद्यालयको समग्र अवस्थाबारेको प्रस्तुतीकरण राख्नुभएको कार्यक्रमको संचालन तथा सहजिकरण नगरपालिका शिक्षा शाखाका प्रा.स. दिपक भण्डारीले गर्नुभएको थियो ।
बिव्यस र शिक्षक अभिभावक संघका पदाधिकारी, शिक्षक, विद्यार्थि तथा सरोकारवालाहरुको उपस्थिति रहेको अन्तरक्रिया कार्यक्रमबाट विद्यार्थिको उपस्थिति दर सतप्रतिशत पुगाउँनका लागि सबै सरोकारवालाले पहल गर्नुपर्ने तथा अभिभावक पनि थप जिम्मेवार बन्नुपर्ने निष्कर्ष निकालिएको छ ।

शैक्षीक गुणस्तर थप सुधारका लागि र विद्यार्थीको उपस्थिति दर बढाउनका लागि विद्यालय प्रशासनले कार्ययोजना बनाई अघि बढ्ने समेत प्रतिबद्धता जनाईएको छ ।
यहि पौष १३ देखी बिभिन्न वडाका विद्यालयहरुमा निरन्त संचालन भईरहेको अन्तरक्रिया कार्यक्रम २६ गतेसम्म जारी रहने मंगलसेन नगरपालिकाका शिक्षा अधिकृत जगत रवलले जानकारी दिनुभयो ।