एकिकृत सम्पती कर सेवा शिवीर मंगलसेन १३ वस्तीमा सम्पन्न

२३ पौषः  एकिकृत कर सेवा सिवीर मंगलसेन नगरपालिका १३ वस्तीमा सम्पन्न भएको छ । मंगलसेन नगरपालिकाको आयोजना र १३ नम्वर वडा कार्यालयको समन्वयमा शिविर सम्पन्न भएको हो ।

स्थानीयलाई एकिकृत सम्पती कर तिर्नकै लागी मंगलसेन पुग्नुपर्ने बाध्यतालाई सहज तुल्याँउनका लागि नगरपालिकाले वस्तीमा शिविर संचालन गरेको थियो । बिहिबार र शुक्रबार गरि २ दिनसम्म चलेको शिविरमा वडाका १०० जनाले सेवा लिएको र जम्मा ३५ हजार राजश्व समेत संकलन भएको वडानम्वर १३ का वडा सचिव डण्डीप्रसाद ढुंगानाले जानकारी दिनुभयो ।

शिविर संचालन कार्यमा नगरपालिका राजश्व शाखा प्रमुख दीपक खड्का र एमआईएस फिल्ड सहायक दिल बहादुर केसीको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button