एमाले अछामको अध्यक्षमा चन्द्र बोहरा विजयी

अछाम : नेकपा एमाले अछामको आठौं जिल्ला अधिवेशन अन्तरगत पदाधिकारीहरुको मतपरिणाम सार्वजनिक भएको छ । सोमबार बिहान ढिलागरि सुरु भएको पदाधिकारीको मत गणना कार्य साँझ सम्पन्न भएको हो ।

निर्वाचन समितिले सार्वजनिक गरेको परिणाम अनुसार अध्यक्षमा चन्द्र बोहरा बिजयी हुनुभएको छ । बोहराले अध्यक्षका अर्का प्रत्यासी प्रकाश शाहलाई १२४ मतले पराजित गर्नुभएको हो । कुल खसेको ७५० मत मध्ये बोहराले ४३१ मत प्राप्त गर्नुभयो भने शाहले ३०७ मत प्राप्त गर्नुभएको छ ।

यसैगरि उपाध्यक्षमा भीम बहादुर बिष्टलाई पराजित गर्दै बलबहादुर कुवर बिजयी हुनुभएको छ । कुवरले ३८६ मत प्राप्त गर्दा बिष्टले ३१३ मत प्राप्त गर्नुभयो ।

यस्तै सचिवमा आदर्श साउदलाई पराजित गर्दै भीमबहादुर रावल (कालोटोपी) बिजयी हुनुभएको छ । बिजयी रावलले ४५३ मत प्राप्त गर्दा साउदले २५८ मत प्राप्त गर्नुभएको छ ।

यसैगरि २ जनाका लागि भएको उपसचिव पदमा डम्वर बिसी र प्रेम बहादुर महर निर्वाचित हुनुभएको छ । बिसीले २६० र महरले २५२ मतका साथ बिजय हाँसिल गर्नुभएको हो । उपसचिवका अन्य प्रत्यासीहरुमा टोप बहादुर शाहीले २४४मत, नवराज साउदले ६५, प्रेम कुमार खत्रीले २२१, लिलाराज केसी १३९ मत र शेर बहादुर बुढाले ७२ मत प्राप्त गरेका छन ।

एमाले अछामको नेतृत्वका लागि नेता चन्द्र बोहरा र प्रकाश शाहले प्यानल सहित प्रतिष्प्रधा गरेका थिए ।

अध्यक्षमा बिजयी बोहरा प्यानलबाट अध्यक्ष सहित एक उपसचिव डम्वर बिसी निर्वाचित भएका छन भने उपाध्यक्ष बलबहादुर कुवर, सचिव भीमबहादुर रावल कालोटोपी र उपसचिव प्रेम बहादुर महरले शाह प्यानलबाट जित हासिल गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button