अछाममा गिट्टी कुट्ने क्रममा टाउकोमा ढुंङ्गा लाग्दा बालकको मृत्यु

अछाम । गिट्टी कुट्ने क्रममा टाउकोमा ढुंगा लाग्दा अछाममा एक बालकको ज्यान गएको छ ।

जिल्लाको कमलबजार नगरपालिका वडा नः १ मुली मोटरकाट्ने निवासी नमराज अधिकारीका करीब १५ बर्षिया छोरा हिक्मत अधिकारीको मृत्यु भएको हो।

वडा नः १ को बतासेबजार जाने सडक नजिकै गिट्टी निकाल्नका लागी बनाइएको खाल्डोमा गिट्टी निकाल्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर अधिकारीको मृत्यु भएको स्थानिय दिवश बडुवालले बताउनुभयाे ।

बुधबार दिउँसो गिट्टी निकाल्ने क्रममा उक्त घटना भएपछि टाउँकोमा गम्भिर चोट लागेका अधिकारीलाई उपचारका लागी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको बडुवालले जानकारी दिनुभयाे । sudurdarpan बाट साभार 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button