पत्रकारको सुरक्षाको लागि आन्दोलन थप सशक्त बनाउने महासंघको निर्णय

  मंसिर १३, २०७७ शनिबार 

काठमाण्डाै – नेपाल पत्रकार महासंघले श्रमजिवी पत्रकारहरुको पेशागत सुरक्षाका लागि सञ्चालन गरेको आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ ।

धादिङको बैरेनीमा सम्पन्न महासंघको बैठकले घोषणापत्र जारी गर्दै पत्रकारको पक्षमा संवाद, आन्दोलन र कानूनी उपचारमार्फत प्रभावकारी रुपमा अघि बढने प्रतिवद्धता जनाएको हो । श्रमजिवी पत्रकारका उजुरी र गुनासाहरुलाई व्यवस्थित गर्न महासंघ केन्द्रीय कार्यालयमा श्रम डेस्क स्थापना गर्ने, श्रम समस्या देखिएका तीन वटा सञ्चारगृहहरुमा थप आन्दोलन गर्ने पनि महासंघले निर्णय गरेको छ ।

महासंघले कोरोना संक्रमणमा परेका सञ्चारकर्मीहरुलाई नि:शुल्क उपचार, बेरोजगार भएका तथा दबाबपूर्ण बिदामा राखिएका पत्रकारलाई तत्काल लेखनवृत्तिको व्यवस्था गर्न, कोरोना बीमा छिटो भुक्तानी गर्न, कोरोनाका कारण प्रभावित भएका सञ्चारगृहहरुलाई सहुलियत उपलब्ध गराउन र श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने तथा कोरोनाको बहानामा पारश्रमिक उपलब्ध नगराउने, तथा निष्काशन गर्ने सञ्चार गृहलाई सहुलियतपूर्ण ऋण तथा अनुदान उपलब्ध नगराउन सरकारसँग माग गरेको छ ।

महासंघले शाखा तथा प्रदेश समितिहरुको अधिवेशन तथा साधारणसभा सम्पन्न गर्नका लागि कार्यदलसमेत गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker