रेडक्रसले गरेका मानवीय कार्य उल्लेखनीय : सभाषद कामी

टेकराज भण्डारी, पाैष २९, अछाम संविधानसभा सदस्य भैरे कामीले रेडक्रसले गरेका मानवीय कार्य उल्लेखनीय रहेकाे बताउनु भएको छ । नेपाल रेडक्रस साेसाइटी जनालीवण्डालीकाे उपशाखा सभामा प्रमुख अतिथिको आशनबाट बाेल्दै सभाषद कामीले जहाँ मानवीय संकट त्यहाँ रेडक्रसकाे मान्यतालाई आत्मसाथ गर्दै अघि बढेकाे र आगामी दिनमा पनि यसलाई शशक्त रुपमा अघि बढाउनुपर्ने बताउनुभयो ।

उपशाखा सभापति राजेश्वर भण्डारीको अध्यक्षतामा भएको सभामा उहाँले रेडक्रसका मूल्य, मान्यता तथा सिद्धान्तलाई हरेक रेडक्रस कर्मीले आत्मसाथ गर्दै अघि बढ्नुपर्नेमा जाेड दिनुभयाे । जनालीवण्डालीमा रहेकाे रेडक्रस भवनलाई संरक्षण गर्नुपर्ने र यसका लागि स्थानीय तहले पनि सहयोग गर्नुपर्ने उहाँकाे भनाइ छ ।

जनालीवण्डालीमा भएको उपशाखा सभामा विशिष्ट अतिथि नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा उपसभापति उदयराज ढुंगानाले हरेक रेडक्रसकर्मीले मानवीय सहयाेग तथा विपदमा परेकालाई साथ दिनुपर्ने बताउनु भयाे ।

कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रीय सहसचिव पुष्पराज भण्डारी, एमाले मंगलसेन नगरकमिटि सहसचिव कालुसिंह विक, मंगलसेन ७ का वडा सदस्य जमुना जैसी, जाल्पा माविका प्रधानाध्यापक बल बहादुर थ्यायत, वडासदस्य नरपति भण्डारी, पूर्ण बहादुर शाही, पूर्ल गाविस अध्यक्ष खड्के कामी, लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियाे ।

उपशाखा सभापति राजेश्वर भण्डारीले प्रगति प्रतिवेदन राख्दै उपशाखाले गरेका कामहरुका बारेमा जानकारी गराउनु भएको थियाे । विपतमा परेकालाई राहतका लागि सिफारिस, काेराेना महामारीकाे बेला रेडक्रस भवनमा क्वारेन्टाइन व्यवस्थापन, विद्यालय, स्वास्थ्यचौकी, अस्थायी प्रहरी पाेष्टमा मास्क तथा सेनिटाईजर वितरण लगायतका कार्य गरिएका अध्यक्ष भण्डारीले बताउनु भयाे ।

कार्यक्रममा हालै निधन भएका रेडक्रसका आजिवन सदस्य चेतनाथ जैसी लगायत सम्पूर्ण दिवगंत प्रति श्रद्धासुमन अर्पण गरिएको थियाे भने रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाकाे तस्बिरमा माल्यार्पण गरिएको थियाे ।

उद्घाटन सत्र आज सकिएकाे नयाँ नेतृत्व चयनकाे प्रक्रिया शुरु गरिएको जिल्ला शाखा उपसभापति उदयराज ढुंगानाले जानकारी दिनुभयो । कार्यक्रमकाे सञ्चालन उपशाखा सचिव टेकराज भण्डारीले गर्नुभएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button