अछाममा आज १३ जनामा कोरोना पुष्टी : सक्रिय संक्रमितको संख्या २० पुग्यो

चक्र प्रशाद जैसी  

२ जना निकोमंगलसेन – अछाममा आईतबार थप १३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । आज पीसीआर परीक्षणमा ७ जना र एन्टीजेन परीक्षणमा ६ जना गरी जम्मा १३ जनामा संक्रमण पुष्टी भएको हो ।

पछिल्लो २४ घण्टामा जिल्लाको कमलबजार पिसीआर प्रयोगशालामा २० जनाको नमुना परिक्षण भएकामा ७ जनामा संक्रमण पुष्टि भएको छ ।  आज संक्रमण पुष्टि हुनेमा सबै बढी कमलबजार  नगरपालिकाका छन । नगरपालिकाको वडा नम्बर १,२,९ र १० का १४, १८, २४, ३०, ३५ र ३९ बर्षिय ६ जना पुरुषमा संक्रमण पुष्टी भएको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिनुभयो । उनिहरु ३ जना भारतबाट, २ जना कैलालीबाट र १ जना बर्दिया आएका प्रयोगशालाले जनाएको छ ।

प्रयोगशालाका सुचना अधिकारी बिष्टका अनुसार कैलालीको धननगढी उप(महानगरपालिका वडा नम्बर २ का ४२ बर्षिय १ जना बस चालकमा पनि संक्रमण देखीएको छ । त्यसैगरि पछिल्लो २४ घण्टामा  जिल्लाको ढकारी गाउँपालिकाका ३ जना पुरुष र तुर्माखाँदगाउँपालिकाका ३ जना षुरुष, १ जना महालाको  रिपोर्ट भने नेगेटिभ आएको जनाईएको छ । यो सहित हालसम्म  पिसिआर प्रयोगशालामा ८ हजार ३२ जनाको कोरोना परीक्षण गर्दा २ हजार ७ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैबिच जिल्ला अस्पताल अछाममा आज ७ जनाको स्वाव संकलन गरी भएको एन्टीजेन परीक्षणमा थप ६ जनामा कोरोना भाईरसको संक्रमण देखिएको स्वास्थ्य कार्यालय अछामका कोभिड फोकल मेडिकल ल्याव अधिकृत मीन बहादुर कुवँरले जानकारी दिनुभयो । संक्रमण देखिनेमा  मंगलसेन नगरपालिका वडा नम्बर ५ का ५ जना र वडा नम्बर १ का एक जना गरि ६ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय अछामका कोभिड फोकल मेडिकल ल्याव अधिकृत कुवँरले बताउनुभयो ।

यस्तै अछाममा आज २  जनाले कोरोनालाई जितेका छन् । संक्रमण पुष्टी भई होम आईसोलेसनमा बसिरहेका २ जनाले कोरोना जितेका हुन् । यो समाचार तयार पार्दा सम्म जिल्लाभर २० जना कोरोनाका सक्रिय संक्रमित रहेका स्वास्थ कार्यालय अछामले जनाएको छ । तीमध्ये १७ जना होम आईसोलेसनमा छन् भने ३ जना अस्पतालको आईसोलेसनमा उपचाररत छन् ।

हाल सम्म अछाममा पहिलो लहरमा ५ जना र दोस्रो लहरमा २१ जना गरी २६ जनाको कोरोनाका कारण ज्यान गैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button