अछाममा कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ८ पुग्यो : आज थप २४ जनामा कोरोना संक्रम

चक्र प्रशाद जैसी

मंगलसेन – अछाममा आईतबार थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

जिल्लाको मंगलसेन नगरपालिका, साँफेबगर नगरपालिका, मेल्लेख गाउँपालिका,चौरपाटी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा ४४ जनाको स्वाव संकलन गरी भएको एन्टीजेन परीक्षणमा २४ जनामा कोरोना भाईरसको संक्रमण देखिएको स्वास्थ्य कार्यालय अछामका कोभिड फोकल मेडिकल ल्याव अधिकृत मीन बहादुर कुवँरले जानकारी दिनुभयो ।

संक्रमण देखिनेमा मंगलसेन नगरपालिका वडा नम्बर ५ का १० जना, साँफेबगर नगरपालिका वडा नम्बर ४, ७ र ३ का ११ जना, मेल्लेख गाउँपालिका वडा नम्बर २ का  १ जना, चौरपाटी गाउँपालिकाका १ जना र तुर्माखाँद गाउँपालिका वडा नम्बर ६ का १ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय अछामका कोभिड फोकल मेडिकल ल्याव अधिकृत कुवँरले बताउनुभयो ।

यो समाचार तयार पार्दा सम्म जिल्लाभर १ सय ८ जना कोरोनाका सक्रिय संक्रमित रहेका स्वास्थ कार्यालय अछामले जनाएको छ । तीमध्ये १ सय ६ जना होम आईसोलेसनमा छन् भने २ जना अस्पतालको आईसोलेसनमा उपचाररत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button