
नेशनल लाईफ ईन्स्याेरेन्स कम्पनी लिमिटेड द्वारा मृत्यु दाबी भुक्तानी हस्तान्तरण
लाल बहादुर चदारा माघ १९ नेशनल लाईफ ईन्स्याेरेन्स कम्पनी लिमिटेड द्वारा मृत्यु दाबी भुक्तानी रकम अन्तर्गत ६ लाख ८ हजार बराबरको चेक हस्तान्तरण ।
अछामको मल्लेख गाउपालिका मा नेशनल लाईफ ईन्स्याेरेन्स कम्पनी लिमिटेड द्वारा मृत्यु दाबि भुक्तानी रकम अन्तर्गत मेल्लेख ५ बिन्धेबासनि राेकायगाउका मृतक अबिरल राेकाय परिवारलाई ६ लाख ८ हजार बराबरको चेक हस्तान्तरण गरेकाे छ । साे चेक मृतकका बुवा हिरासिह राेकाय लाई हस्तान्तरण गरेकाे हाे ।
अबिरल राेकाय राेजगार काे शिलशिलामा भारत जादा भारत मा करेन्ट लागेर मृत्युु भएकाे थियो । उनलेे नेशनल लाईफ ईन्स्याेरेन्स कम्पनी लिमिटेड मा ३ लाख काे बिमा गरि १९हजार ९ सय८६ मात्रै बिमा भरेका थिए ।
चेक हस्तान्तरण कार्यक्रम नेशनल लाईफ ईन्स्याेरेन्स कम्पनी लिमिटेड साफेबगर शाखा प्रमुख दिपक खडका काे अध्यक्ष्ातामा भएको कार्यक्रम का प्रमुख अतिथि मेल्लेख गाउपालिका वडा न ५ का वडा अध्यक्ष रमेश बहादुर खड्का रहनु भएको थिए ।
कार्यक्रम समाजसेवी नृप बहादुर खड्का नेशनल लाईफ ईन्स्याेरेन्स कम्पनी लिमिटेड का पदाधिकारी ,अभिकर्ता हरुकाे सहभागिता रहेकाे साे चेक हस्तान्तरण कार्यक्रम काे संचालन नेशनल लाईफ ईन्स्याेरेन्स कम्पनी लिमिटेड का कृष्ण बहादुर ठकुल्ला ले गरेका थिए ।