मंगलसेन नगरपालिकामा न्युनतम रोजगारीका लागी आवेदन आह्वान

अछाम : मंगलसेन नगरपालिकाले न्यूनतम रोजगारीका लागी आवेदन आह्वान गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बेरोजगार व्यक्तिले न्यूनतम रोजगारीमा आवद्द हुन चाहेमा आवेदन दिन सक्ने गरि सूचना जारी गरेको हो ।

नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, रोजगारीको हक सम्बन्धी ऐन २०७५ र सो को नियमावली तथा प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन निर्देशिका २०७५ बमोजिम आर्थिक बर्ष २०७९/०८० का लागी न्युनतम रोजगारीमा आवद्ध हुन चाहाने नागरिकलाई यहि फागुन मसान्तभित्र आवेदन बुझाउन नगरपालिकाले आह्वान गरेको छ ।

न्युनतम रोजगारीमा जोडिनका लागि १८ वर्ष पुरा भई ५९ बर्ष ननाघेका बेरोजगार व्यक्ति हुनुपर्ने र सम्वन्धित वडा कार्यालयमा आवेदन दिन सकिने निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद उपाध्यायले बताउनुभयो ।

आवेदन फाराम सम्बन्धित वडा कार्यालय तथा रोजगार सेवाकेन्द्रबाट समेत उपलब्ध गराईने जनाईएको छ ।

निवेदनका साथ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी, अपाङ्गता भएका व्यक्तीको हकमा अपाङ्गता परिचयपत्र को प्रतिलिपी, विवाहित महिलाको नागरिकतामा पतीको नाम नखुलेको भएमा विवाहदर्ता प्रमाणपत्रको प्रतिलिपी र पासपोर्ट साईजको फोटो १ प्रति पेश गर्नुपर्ने मंगलसेन नगरपालिका रोजगार सेवा केन्द्रका प्राविधिक सहायक मुकेश बोहराले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button