प्रतिनिधिसभाको अर्को बैठक आइतबार दिउँसो १ बजे बस्ने

काठमाण्डाै – प्रतिनिधिसभाको आजको बैठकमा आदिवासी जनजाती आयोगको प्रतिवेदन पेस भएको छ ।  एमाले सांसदको नाराबाजीकै बीच  कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिवेदन पेस गर्नुभएको हो ।  

आज एमाले सांसदको नाराबाजी भइरहँदा पनि प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश गर्‍याे । प्रतिवेदन पेस भएपछि सभामुख अग्निप्रसाद सापकोटाले पर्सि आइतवार दिउँसो १ बजे  बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिनुभएको छ । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूूमिका रहेको भन्दै त्यसको विरोधमा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग राखेर लगातार एमाले सांसदले संसदमा नाराबाजी गर्दै आएका छन् ।

सरकारले आज एमसीसी सम्झाैता संसदमा पेस गर्ने तयारी गरेको थियो । तर सत्ता गठबन्धनको बैठकमा सहमति नजुटेपछि त्यो तयारी स्थगित गरिएको छ । एमसीसीमा साझा धारणा बनाउन यही फागुन ८ गते गठबन्धनको फेरि बैठक बस्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button