
चक्र प्रशाद जैसी
मंगलसेन – अछाममा मोटरसाइकल दुर्घटना भएको छ । जिल्लाको तुर्माखाँद गाउँपालिकाको कनीगाडबाट असारा तिर गइरहेको मोटरसाइकल अनियन्त्रीत भई सोमबार आज दिउँसो ३ बजे दुर्घटना भएको हो ।
गाउँपालिकाको वडा नम्बर ३ रिन्दाका पदम बहादुर बुढाका ३० बर्षिय छोरा उपेन्द्र बहादुर बुढाले चलाएको कर्णाली प्रदेश ०२–००१ प ८७५३ नम्बरको मोटरसाईकल कनिगाडबाट असारा जाने क्रममा आफैँ अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
मोटरसाईकल चालक बुढा भने सकुसल रहेको प्रहरी चौकी भैरवस्थानले जानकारी दिएको छ । प्रहरी चौकी भैरवस्थानका अनुसार उक्त मोटरसाईकल सडकबाट २ सय मिटर तल कर्णालि नदीमा खसेको र प्रहरी चौकी भैरवस्थानबाट प्रहरी सहायक निरीक्षक पुष्कर बिष्टको कमाण्डौमा ३ जनाको टोलि खटीएको जिल्ला प्रहरी कार्यालय अछामले जनकारी दिएको छ ।