
देवेन्द्र थापा, अछाम
बान्नीगढी जयगढ गाउँपालिका ६ दर्नामा दिपावलीको अवसरमा आयोजना गरीएको भलिवल प्रत्योगीताको समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
पञ्चदेवल अनुरा युवा क्लवका अध्यक्ष खेम राज ओझाको अध्यक्षतामा भएको समिक्षा कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष कृष्ण बहादुर कडायत रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष कडायतले युवाहरुले आयोजना गरेको भलिवल प्रत्योगीता सान्त र मर्यादित तरीकाले सम्पन्न गरेकोमा धन्यवाद दिनुभयो ।
उहाँँले युवाहरु नै भविष्यका कर्णदार भएकाले आफु र आप्नो सरकार निरन्तर रुपमा लागी रहेको बताउनुभयो । साथै उहाँले आगामी दिनहरुमा पनि खेलकुदको क्षत्रमा सक्दो सहयोग गर्ने प्रतबिद्धता जनाउनुभयो ।
कार्यक्रममा खेलकुद प्रत्योगीताका संयोजक तपेन्द्र साउदले आय तर्फ ३ लाख ६२ हजार ४ सय ७५ रुपैँया र व्याय तर्फ ३ लाख ६२ हजार ४ सय ७५ रुपैँया प्रश्तुत गर्नुभएको थियो ।
समिक्षा कार्यक्रममा पञ्चदेवल अनुरा युवा क्लवले प्रत्येगीता भव्य रुपमा सफल पारेको भन्दै उपसमीत लाई धन्यवाद दिएको छ भने क्लवको सदस्यता नविकरण समेत गरीएको छ ।
कार्यक्रममा नेकपाका वडा कमिटी अध्यक्ष चक्र बहादुर शाह, एश्वर्य मावीका निमित्त प्रधानाध्यापक भोज बहादुर धामी, दर्ना लघुजलविद्युत सहकारी संस्थाका उपाध्यक्ष जोगी सिहँ ठकुल्ला, ऐश्वर्य माविका विविस सदस्य गणेश प्रसाद ओझा, वाल क्लवका अध्यक्ष पुजा शाह लगायतको सहभागिता रहेको थियो । समिक्षा कार्यक्रमको सञ्चालन क्लवका सचिव देवेन्द्र थापाले गर्नुभएको थियो ।