गलकोटबाट काठमाण्डौ उडेको हेलिकप्टर नुवाकोटमा आकस्मिक अवतरण, हेलिकप्टरमा रहेका सबैजना सुरक्षित

काठमाण्डाै – बाग्लुङको गलकोटबाट काठमाण्डौ उडेको हेलिकप्टर नुवाकोटमा आकस्मिक अवतरण गरिएकाे छ ।

उडिरहेको हेलिकप्टरमा चरा ठोकिएपछि दुर्घटना भएको गलकोट नगरपालिका-३ का वडा अध्यक्ष वीरजंग भण्डारीले जानकारी दिनुभयो । हेलिकप्टरमै सवार उहाँले उडिरहेको हेलिकप्टरमा चरा ठोक्किएपछि नुवाकोटको बेलकोटगढी गाँउपालिकामा आकस्मिक अवतरण गर्नुपरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार पाइलटसहित हेलिकप्टरमा रहेका ६ जना नै सुरक्षित छन् । केहीलाई सामान्य चोट लागेको छ । यस्तै, हेलिकप्टरको अगाडिको सिसा फुटेको पनि उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button