धनगढीमा नेपाली साहित्य महाेत्सव सुरु

कैलाली – कैलालीको धनगढीमा आज बिहीवारदेखि साहित्य महोत्सव सुरु भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा सुरु भएकाे नेपाली साहित्य महोत्सव २०७८ को उद्घाटन मुख्यमन्त्री त्रिलोचन भट्टले गर्नुभएकाे छ । 

महोत्सव आयोजक समितिका संयोजक यज्ञराज उपाध्यायले नेपाली भाषा संस्कृतिको उजागर गर्ने तथा सुदूरपश्चिमको संस्कृति, साहित्य, कलालाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरसम्म जोड्ने उद्देश्यले महोत्सवको आयोजना भएको बताउनुभयाे । 

महोत्सवमा विभिन्न ठाउँबाट दुई सय जनाभन्दा धेरै साहित्यकारको उपस्थिति रहेको छ । उनीहरूको उपस्थितिमा थुप्रै काव्य गोष्ठी पनि सञ्चालन हुने आयोजक सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले बताउनुभयाे ।  

गजल साँझ, साङ्गीतिक साँझ लगायतका कार्यक्रमको पनि आयोजना गरिएको उहाँले बताउनुभयाे । यसअघि २०७६ सालमा धनगढीमै विश्व नेपाली साहित्य महोत्सव आयोजना भएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button