महिला माथि हुने हिंसा न्युनिकरणका लागी सबै जुटौँः सरोकारवाला

दिपा भण्डारी, मंसिर १४ अछाम
लैंगिक हिँसा विरुद्धको १६ दिने अभियान अन्र्तगत सासु बुहारी तथा परिवारका सदस्यसँग अन्तरक्र्रिया कार्यक्रम ठुलासैनमा सम्पन्न भएको छ । मंगलसेन नगरपालीका महिला बालबालीका तथा जेष्ठ नागरिक शाखाको सहयोग तथा वडा नम्बर ६ का आयोजनामा भएको अन्तरक्र्रियामा लैगिङ्क विभेद सम्बन्धीको बिषयमा छलफल गरिएको थियो ।

वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमका सहभागीले गाउँघरमा हुने गरेका विभिन्न प्रकारका हिंसा न्युनिकरणका लागी सबैले साथ दिनु पर्ने बताएका थिए । समुन्नत समाज निर्माणका लागी सबैको साथ आवश्यकता रहेकाले महिला दिदिवहीनीलाई निर्णायह तहमा पुरयाउन जरुरी रहेको बताएका थिए ।

लैंगिक हिँसा अन्त्यको प्रतिबद्धता, व्यक्ति, समाज र सबैको ऐक्यबद्धता नाराका साथ भएको कार्यक्रमका प्रमुख अतिथी मंगलसेन नगरपालीका कार्यपालीका सदस्य भावना विकले महिला तथा पछाडी पारिएका वर्गको हक अधिकारका लागी सबैले आवाज उठाउनु पर्ने बताउनु भयो ।

महिला दिदिवहीनीले आफ्नो अधिकार मागेर भन्दा खोसेर लिन सक्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रमका अध्यक्ष वडा अध्यक्ष भण्डारीले घर भित्र वा बाहिर हुने घटनालाई समाजमा लुकाएर नराख्न आग्रह गर्नु भयो । हिसांमा परेका न्याय दिनका लागी आफु जहीले पनी लागी पर्ने बताउनु भयो ।

मदिरा बिक्रि तथा सेवनका कारण समाजमा महिला माथि हुने हिसां बढीरहेकाले यसलाई ब्याबस्थापनमा सबैले साथ दिनु पर्ने बताउनु भयो । वडाका जनप्रतीनीधी, प्रहरी, पत्रकार, सरोकारवाला लगाएतको सहभागीता रहेको छलफल कार्यक्रमको सहजीकरण तथा संञ्चालन मंगलसेन नगरपालीका महिला, बालबालीका तथा जेष्ठ नागरिक शाखा अधिकृत जयलक्ष्मी जोशीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button