
सुदूरपश्चिममा यस्तो बन्यो प्रेस चौतारीको टिम
प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनबाट कृष्ण ओलीको नेतृत्वमा नयाँ समिति गठन भएको छ। शनिबार धनगढीमा भएको अधिवेशनबाट चौतारीको नयाँ टिम चयन भएको हो।
सर्वसम्मत रुपमा ओलीको नेतृत्वमा उपाध्यक्षमा लिली कुवर र हरिशचन्द्र बाघ चयन भएका छन्। यस्तै महासचिवमा शिवराज भट्ट चयन भएका छन्। यस्तै सचिवमा नरेन्द्र कार्की र रामचन्द्र कुश्मी चयन भएका छन्। ५१ सदस्यीय कमिटीको कोषाध्यक्षमा चन्द्र थापा चयन भएका छन्।