
एमाले बस्तीको बिस्तारित बैठक सम्पन्न
आनन्द साउद ,२२ फागुन अछाम नेकपा एमाले मंगलसेन नगरपालिका वडा नम्बर १३ बस्तीको बिस्तारित बैठक विभिन्न बिषयमा छलफल गर्दै सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष दिल बहादुर थापाको अध्यक्षतामा भएको बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा क्षेत्र न २ का माननीय यज्ञ बोगटीप्रमुख अतिथि रहनु भएको थियो ।
प्रमुख अतिथि बोगटीले नेकपा एमाले पार्टिलाई चलाएमान बनाउन पार्टी कमिटीले गरेका हरेक क्रियाकलाप जनताको माझमा पुर्याउन कार्यकर्तालाई आग्रह गर्नु भयो । आगामी स्थानीय तहको चुनाबमा पार्टिलाई पहिलो पार्टी बनाउन सबै कार्यकर्ता एकजुट हुनुपर्नेमा जोड दिनु भयो । साथै बैठकले टोल कमिटी, जनवर्गीय संगठन निर्माण गर्ने निर्णय समेत पारित गरेको छ ।
नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष चन्द्र बोहरा बिशिस्ट अतिथि रहनु भएको बैठकमा मंगलसेन नगर कमिटी अध्यक्ष बिर्ख बोगटी लगाएतका अतिथि रहनु भएको थियो ।
बैठकको संचालन वडा कमिटी सचिव सर्जन गड्सिलाले गर्नु भएको नेकपा एमाले सदस्य गणेश थापाले जानकारी दिनुभयो ।
