कांग्रेस अछामको सभापतिमा शाह विजयी

अछाम  , नेपाली कांग्रेसको अछाम जिल्ला सभापतिमा पुष्पबहादुर शाह विजयी भएका छन्। दोस्रो चरणको मतदानमा शाहले अर्का उम्मेदवार भरत स्वारलाई पराजित गरेका हुन्।

शाहले ७७९ मत पाए भने स्वारले ७११ मत ल्याएका छन्। शाह सभापति शेरबहादुर देउवा पक्षधर हुन्। यसअघि भएको पहिलो चरणको मतदानमा कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएपछि सोमबार दोस्रो चरणको मतदान भएको थियो।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button