
सर्वाधिक मतका साथ जिल्ला कार्यसमिति सदस्यमा भण्डारी र भाट निर्वाचित
नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नेपाली काङ्ग्रेस अछामको जिल्ला अधिवेशन जिल्ला कार्यसमिति सदस्यमा सर्वाधिक मत ल्याएर गोकुल भाट र जनकराज भण्डारी निर्वाचित भएकाछन ।
नेपाली काङ्ग्रेस साफेबगर नगरपालिकाका पुर्व नगर कार्यसमिति सभापति समेत रहेका गोकुल भाटले जिल्ला कार्यसमिति सदस्य खुल्ला तर्फ ५ सय ७३ मत ल्याएर प्रथम स्थानमा निर्वाचित भएका हुन् । त्यस्तै मंगलसेन नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष समेत रहेका जनकराज भण्डारीले ४ सय ७८ मत ल्याएर दोस्रो स्थानम बिजेता भएका छन् । त्यस्तै निर्वाचित हुनेमा अन्य सदस्य हरुमा कमल खनाल ,राम बहादुर शाह ,हिरण्ड बोहरा ,कृष्ण बहादुर खड्का रहेकाछन । ६ जना खुल्ला सदस्यको लागि भएको निर्वाचनमा २१ जना उम्मेदवार चुनावी मैदानमा होमिएका थिए । sadakmedia.com