संघर्ष अनुसार महिलाले अधिकार नपाएको अधिकारकर्मी रावलको भनाई (अडियो सहित )

टेकराज भण्डारी, फागुन २४, अछाम
महिला अधिकारकर्मी बिन्दु रावलले महिलाहरुले गरेको संघर्ष अनुसारको अधिकार प्राप्त नगरेको बताउनु भएको छ । ११२ औँ अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा रेडियो रामारोशनसंग कुराकानी गर्दै उहाँले महिलाले अधिकार, न्याय र समानताका लागि गरेको संघर्ष तथा त्याग अनुसारको अधिकार प्राप्त गर्न नसकेका बताउनु भएको हो ।

हाम्रो समाज नै पितृसत्तात्म भएका कारण पुरुष अघि बढ्नु स्वाभाविक भएको तर महिलालाई अधिकार, सहभागिता तथा नेतृत्वमा अघि बढाउन नचाहेको अन्तरपार्टी महिला सञ्जालका पूर्व अध्यक्ष समेत रहनु भएका रावलको भनाई छ ।

बोलि र व्यबहारमा एकरुपता ल्याई महिलालाई नेतृत्व तहमा अघि बढाउनुपर्ने उहाँको माग छ । अछाम जिल्लाको सन्दर्भमा उहाँले हालै जिल्लामा दुई ठुला पार्टी नेकपा एमाले र कांग्रेसको जिल्ला अधिवेशन भएका तर पदाधिकारीमा दुवै पार्टीले महिलालाई स्थान नदिएको बताउनु भयो ।

“कुरामा महिला अधिकार तथा समानताका आवाज उठाउँछन्, तर हाल देशकै दुई ठुला दल एमाले र कांग्रेसका जिल्ला पदाधिकारीमा महिला सहभागिता गराईएन, यो उचित होईन”, अधिकारकर्मी रावलले भन्नुभयो ।

विगतको तुलनामा महिला जागरुक, शशक्त र केही अधिकार प्राप्त गर्न सफल भएका उहाँको भनाई छ । “विगतको तुलनामा अधिकार पाएका छन्, संवैधानिक रुपमा पनि महिलालाई सकारात्मक विभेदको नीति छ, तर अधिकारको प्राप्ति र कार्यान्वयनमा अझैँ ध्यान दिनुपर्छ” रावलको भनाई छ । उहाँले जिल्लामा अहिले पनि महिला हिंसा व्याप्त रहेको उल्लेख गर्नुभयो ।

महिला हिंसा तथा महिलाका पिडा धेरै भएको भन्दै यसको अन्त्य हुनु जरुरी रहेको रावलले बताउनु भयो ।


यसैवीच आज हामीले उहाँसंग जिल्लामा महिला अधिकारको अवस्था कस्तो छ भनेर सोधेका छौँ ।

बिन्दु रावल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button