मौलिकता र सभ्यता बिर्सेर कुनै प्रगति हुँदैन : विश्व हिन्दु युवासंघ अध्यक्ष शाह

टेकराज भण्डारी, फागुन २४, अछाम

विश्व हिन्दु युवासंघका केन्द्रीय अध्यक्ष ऋषिकेशजंग शाहले आफ्नो मौलिकता र सभ्यता बिर्सेर कुनै प्रगति नहुने बताउनु भएको छ । पूर्वीय दर्शन तथा सभ्यतामा मानवीय मूल्य, मान्यता, संस्कार, संस्कृति तथा मौलिकता भएको भन्दै यसलाई सबैले आत्मसाथ गर्नुपर्ने उहाँको भनार्ई छ । रेडियो रामारोशनको रामारोशन बिशेषमा कुराकानी गर्दै उहाँले नेपाललाई धर्म निरपेक्ष घोषणा गर्ने कार्य विधि सम्मत नभएको बताउनु भयो ।

८२ प्रतिशत बढी हिन्दु धर्मावलम्बी भएको देशमा कुनै नेताको स्वार्थ तथा विदेशीलाई खुसी पार्न यो प्रस्ताव ल्याएको भन्दै यसमा संलन सम्पूर्ण दल तथा नेता दोषी भएको उहाँको भनाई छ ।

नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष समेत रहनु भएका शाहले नेपाल योग, आयुर्वेद तथा संस्कृतिको जननी भएको बताउनु भयो । उहाँले राजनीतिक दलले देश समृद्धिको लागि सही नीति लिन नसकेको दाबी गर्नुभयो । शिक्षा, स्वास्थ्य तथा अर्थ नीति संस्कृति तथा सभ्यतालाई अघि बढाउँदै तय गर्नुपर्ने उहाँको भनाई छ । नेपाल जडिबुटीको अपार भण्डार भएको भन्दै यसलाई आयुर्वेदमा अगाडी बढाउनु पर्नेमा शाहले जोड दिनुभयो ।

गोरक्षनाथ, गाई तथा गाँजाको प्रवद्र्धनबाट नेपाललाई समृद्ध पार्नुपर्ने र यस अभियानमा विश्व हिन्दु महासंघ अघि बढेको उहाँको भनाई छ । हाल विश्व हिन्दु युवासंघका ४५ जिल्ला शाखा तथा करिब २५ देशमा अन्तर्राष्ट्रिय शाखा रहेको भन्दै मौलिकता र सभ्यता संरक्षणका लागि अभियानकै रुपमा अघि बढीरहेको बताउनु भयो ।

लामो समय विद्यार्थी राजनीतिमा संलग्न रहनु भएका शाहले विद्यार्थी आन्दोलनको गन्तब्य स्पष्ट नभएको समेत दाबी गर्नुभयो । विद्यार्थी संगठन स्पष्ट नीति सहित गन्तब्यको पहिचान गर्न नसकेको अवस्थामा रहेको भन्दै समस्याको दीर्घकालिन समाधानका लागि अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । अरुको नक्कल तथा सिको गरेर आत्मनिर्भर बन्न नसकिने उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button