षोडशा देवि माविका ४ जना विद्यार्थीलाई सम्मान

अछाम : २०७५ सालमा षोडशा देवी माध्यमिक विद्यालय मंगलसेनमा स्थापना भएको गोजन्स स्मृति अक्षयकोषबाट २ शैक्षिक सत्रमा उत्कृष्ट नतिजा ल्याउने ४ जना विद्यार्थीलाई नगद, प्रमाणपत्र र दोसल्ला सहित सम्मान गरिएको छ ।

मंगलसेन नगरपालिका वडा नम्बर ३ मा समाजसेवी स्वर्गीय गोरख सिह बोगटी, जहन्ती देवी बोगटी, सर्जन सिह बोगटी, र नवल सिंह बोगटीको सम्झनामा स्थापना भएको अक्षय कोषबाट शैक्षिक सत्र २०७६ र २०७७ को बार्षिक परिक्षामा सबै भन्दा बढि नतिजा ल्याउने २ जना छात्र र २ जना छात्रालाई सम्मान गरिएको हो ।

विद्यालय ब्याबस्थापन समिति अध्यक्ष भोजराज भाटको अध्यक्षतामा भएको कार्यक्रममा २०७६ सालमा कक्षा ९ मा सबैभन्दा बढि नतिजा ल्याउने छात्र आकाश नेपाली र छात्रा दिपिका भट्ट त्यसैगरि २०७७ सालमा उत्कृष्ट नतिजा ल्याउने कक्षा ६ मा छात्रा विनिता नेगी र छात्र मनिष जैसीलाई नगद रु २ हजार सहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सो सम्मान अध्यक्ष भोजराज भाट, विद्यालयका प्राचार्य मदन बहादुर कुवर गोजन्स स्मृति अक्षय कोषका संस्थापक सदस्य एकेन्द्र बोगटी जिल्ला युवा संजाल अछामका अध्यक्ष कमल कुमार रावलले हस्तान्तरण गर्नु भएको थियोे । 

सोही अवसरमा विद्यालयले चलाईरहेको हाम्रो विद्यालय राम्रो विद्यालय अभियान अन्तर्गत विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई समेत शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो ।

सो कार्यक्रमको संचालन विद्यालयका शिक्षक बिशेश्वर ढुगांनाले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button