फागुन, २९ अछाम : वैद्यनाथ क्षेत्र विकास संस्थाको तीन वर्षको प्रगति सार्वजनिक गरेको छ । तीन वर्षको अवधिमा वैद्यनाथ क्षेत्रमा स्थानीय, प्रदेश र संघ सरकारबाट १ करोड ८४ लाख ४१ हजार वजेट प्राप्त भएको वैद्यनाथ क्षेत्र विकास संस्थाका अध्यक्ष नृपबहादुर कुँवर नेत्रले जानकारी दिनुभयो ।
वैद्यनाथ संग्रहालय भवन निर्माण्को लागि ४९ लाख ५० हजार प्राप्त भएको छ । उक्त रकम प्रदेश, संघ र प्रतिनिधि सभा सदस्य क्षेत्र नं.१ का सांसद डा. भीमबहादुर रावलको संसद विकास प्रवद्र्धन कार्यक्रम क्षेत्र नं.१ बाट प्राप्त भएको थियो ।
उक्त रकमले संग्रहालय भूईतला र पहिलो तलाको ढलान काम सम्पन्न भएको छ । केन्द्र सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालबाट प्राप्त ४० लाखले सन्त महन्त भवन निर्माणको भूईतलाको सम्पूर्ण काम र पहिलो तला प्लास्टरको काम सम्पन्न भएको वैद्यनाथ क्षेत्र विकास संस्थाका सदस्य सचिव देवराज उपाध्यायले जानकारी दिनुभयो ।
यस्तै साँफेबगर नगरपालिका र सिंचाई कार्यालको ४५ लाखको सहयोगमा वुढीगंगा नदीको कटान रोक्नको लागि तारजालिको व्यवस्था गरिएको छ । वृहद् जलाधार व्यवस्थापन केन्द्र वैतडीको सहयोगमा १५ लाख लागतमा बनवाटीका र घेरा पर्खाला निर्माण, भुमिगत जलस्रोत कार्यालय धनगढीको १२ लाख ७६ हजारको आर्थिक सहयोगमा खानेपानी ट्याङ्की, पाईप धारा निर्माण गरिएको अध्यक्ष कुँवरको भनाई रहेको छ ।
यस्तै नेपाल पर्यटन वोर्ड काठमान्डौंबाट ७ लाखको सहयोगमा गोबरग्याँस सहित शौचालय निर्माण, साँफेबगर नगरपालिकाको १० लाख १५ हजारको सहयोगमा पर्गलो चढाउने ठाउँको निर्माण र पर्खाल र चौतारा बनाइएको वैद्यनाथ क्षेत्र विकास संस्थाका अध्यक्ष कुँवरको भनाई रहेको छ ।
लामो समय सम्म घाटामा सञ्चालन हँदै आएको संस्थाले विभिन्न व्यक्तिको सहयोगबाट ६ लाख ३ हजार आम्दानि गरेको छ । आम्दानी भएको रकममध्येबाट २ लाख मुद्दति खातामा जम्मा गरेको छ । यस्तै संस्थाका कार्यवाहक अध्यक्षबाट लिएको १ लाख ६ हजार सापटी फिर्ता र ५४ हजारको शिलालेख निर्माण गरेको सदस्य सचिव देवराज उपाध्यायले जानकारी दिनुभयो ।