हरिनगर ठुलासैन बजारमा एकिकृत बस्ती विकास गरिने

अछाम । जिल्लाको सदरमुकाम नजिक रहेको हरिनगर ठुलासैन बजारमा एकिकृत बस्ती विकास गरिने भएको छ ।

मंगलसैन नगरपालिकाको वाड नं. ६ को ठुलासैन बजार एकिकृत बस्ती विकास गरिने भएको हो ।

एकिकृत बस्ती विकासका लागि ठुलासैन उपयूक्त ठाँउ भएको भन्दै सो प्रक्रिया अघि बढाईने मंगलसेन नगरपालिका वडा नं. ६ का वडाध्यक्ष जनकराज भण्डारीले बताए ।

वडा नं. ६ र आसपासका क्षेत्रलाई समावेश गरी बस्ती विकास गर्न सके यस क्षेत्रको पर्यटकीय विकासमा समेत टेवा पुग्ने भएकाले ठुलासैन बस्ती विकासको सम्भावना रहेको ठाँउ देखिएको छ ।

समुद्धी सतह बाट करिव १ हजार ८ सय ८५ मिटरको उचाईमा रहेको हरिनगर ठुलासैन बजार बातावरणी हिसवले समेत उपयूक्त रहेको बताईएको छ ।

आवत जावतका लागी सहज यातायातको पहुँच रहेको पुष्पलाल मध्यपहाडी राजमार्ग समेत हरिनगर ठुलासैन बजारको मध्य भाग भएर नै गएको छ ।

जिल्ला सदरमुका मंगलसैन बजार बाट ८ किलो मिटरको दुरी रहेको हरिनगर ठुलासैन बजारको विकास गर्न सके पर्यटन विकास, सहरी विकास, आर्थिक विकास र सामाजिक विकासमा ठुलो कोसेढुंगा सावित हुने मंगलसैन नगरपालिका वाड नं. ६ का अध्यक्ष जनकराज भण्डारीले बताउछन् ।

हरिनगर ठुलासैन बजारको एकिकृत बस्ती विकासका लागी मंगलसैन नगर पालिकाले संघिय मामिला मन्त्रालय स्थानिय पूर्वाधार विभाग ,उच्च पहाडी तथा हिमाली सम्वृद्धी कार्यक्रममा समावेशका लागि समेत सिफारिस गरेको छ । नगर कार्यपालिकाको सातौ वोर्ड बैठकले निर्णय गरी सिफरिस गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button