सुनाैला हजार दिनका आमालाई चौरपाटीमा कुखुरा वितरण

चाैरपाटी गाउँपालिकाका ५ सय बढी सुनाैला हजार दिनका आमालाई कुखराका चल्ला वितरण गरिएको छ ।

गाउँपालिका पशुसेवा शाखाकाे आयाेजनामा तथा बहुक्षेत्रिय पाेषण याेजना अन्तर्गत चाैरपाटी गाउँपालिका वडा नं २ साेकटमा ३ सय बढी तथा वडा नं ३ साेकटमा दुई सय बढी गर्भवती आमा तथा दुई बर्ष मुनिका बच्चाका आमालाई प्रतिब्यक्ति ३ वटा कुखुराका दरले वितरण गरिएकाे कृषि शाखा प्रमुख झप्पर बहादुर भुलले जानकारी दिनु भयाे ।

गाउँपालिकाका दुरदराजकाे बस्तीमा रहेका सुनाैला हजार दिनका आमा तथा बच्चाकाे पाेषण अवस्थामा सुधार ल्याउन कुखुरा वितरण गरिएकाे गाउँपालिकाले जनाएकाे छ ।

कुखुरा वितरण कार्यक्रममा वडा नं २ का अध्यक्ष नारायण साउद वडा नं ३ का अध्यक्ष राम बहादुर साउद, कृषि शाखा प्रमुख झप्पर बहादुर भुल, पशुसेवा शाखा प्रमुख रविन्द्र तिरुवा, साेकट स्वास्थ्य चाैकीका कर्मचारी लगायतकाे सहभागिता रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button