
नेकपा एमालेका सुदुरपश्चिम प्रदेश कमिटी सदस्य पदम बहादुर बोहराले पार्टिलाई सफल बनाउनका लागि बुद्धिजीवी वर्गका ब्यक्तित्वको भुमिका महत्त्वपूर्ण हुने बताउनु भएको छ ।
पदमा रहिरहदा ब्यक्ति सफल हुनु नै पार्टि सफल हुने भएकाले हरेक क्षेत्रबाट सकारात्मक सहयोग हुनुपर्ने बताउनु भयो ।
नेपाल बुद्धिजीवी परिषद अछामको आठौं जिल्ला अधिबेशनको उदघाटन गर्दै प्रमुख अतिथि बोहराले हरेक तह र तप्काको नेतृत्व गर्दै राजनिती हुने भएकाले पार्टी पर्ति सबैको लगाव हुनु पर्नेमा जोड दिनु भयो । मंगलसेन नगरपालिका प्रमुख समेत रहनु भएका बोहराले नेकपा एमालेले बनाएको २७ वटा बिचार, विधि र पद्धतिमा अन्य राजनितीक दल घुमिरहेकाे बताउदै हरेक बौद्धिक सर्कलका ब्यक्तिले सहयोग गर्नुपर्ने बताउनु भयो ।
कार्यवाहक अध्यक्ष भरत सोडारीको अध्यक्षतामा भएको कार्यक्रमका बिशिस्ट अतिथि नेकपा एमाले अछाममा अध्यक्ष चन्द्र बोहराले बुद्धिजीवीले हरेक समयमा सहि सुझाव सल्लाह पार्टीलाई दिनुपर्ने बताउनु भयो । बौद्धिक जमातले सकारात्मक सुझाव अझै दिन नसक्दा समस्या देशमा बढदै गएको बताउनु भयो ।

उदघाटन कार्यक्रममा नेकपा एमाले सचिवालय सदस्य तथा मंगलसेन नगरपालिका उपप्रमुख सरिता उपाध्याय, नेपाल सरकारका सेवा निवृत्त उपसचिव झंकर बहादुर बिष्ट, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य मन्जु महत, गैसस महासंघ अछाम अध्यक्ष टंक प्रसाद ढुंगाना, नेपाल राष्ट्रिय शिक्षक संगठन सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष नर बहादुर रावल, नेपाल रेडक्रस सोशाईटी अछामका अध्यक्ष रत्न प्रसाद ढुंगाना, बुद्धिजीवी परिषद अछामका पुर्व अध्यक्ष कृष्णप्रसाद जैसी, नृप बहादुर चाडले शुभकामना मन्तव्य राख्नु भएको थियो ।


सहसचिव जनक बटालाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव पुष्पराज भट्टले गर्नु भएको थियो ।