सोडारीको अध्यक्षतामा बुद्धिजीवी परिषद अछामको नयाँ नेतृत्व चयन

नेपाल बुद्धिजीवी परिषद अछामको आठौं जिल्ला अधिबेशनको बन्दसत्रले नयाँ नेतृत्व चयन गरेको छ । बन्दसत्रले भरत सोडारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्ष रतन रावल, सचिव जनक बटाला, सहसचिव तुलराम बिसी, कोषाध्यक्ष हैकला रावल लगाएतका अन्य सदस्य रहेका छन ।

त्यसैगरि झँकर बिष्ट, नृप बहादुर चाड, हैकला रावल र रतन रावललाई केन्द्रीय अधिवेशनका लागि प्रतिनिधि छनोट गरेको निर्वाचन कमिटीका संयोजक कृष्णप्रसाद ढुंगानाले जानकारी दिनु भयो ।

त्यस अघि अधिबेशनको उदघाटन नेकपा एमालेका सुदुरपश्चिम प्रदेश कमिटी सदस्य तथा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले उदघाटन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button