राष्ट्रिय फुटबल टाेली वर्षकाे उत्कृष्ट ‘टिम’

काठमाण्डाै – राष्ट्रिय फुटबल टोली ‘पल्सर स्पाेर्ट्स अवार्ड’मा वर्षकै उत्कृष्ट टाेली (टिम अफ द इअर) घाेषित भएकाे छ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्डको १८ औँ संस्करणमा आज मङ्गलवार फुटबल टाेली याे पुरस्बारबाट सम्मानित भएकाे हाे । 

नेपालले गएकाे वर्ष काठमाण्डाैमा भएकाे थ्री नेसन्स कपकाे उपाधि जितेकाे थियाे । प्रशिक्षक बालगोपाल महर्जनको नेतृत्वमा रहेको टाेली त्याे उपाधि जित्न सफल भएकाे थियाे ।  

यस्तै राष्ट्रिय क्रिकेट टाेलीका पूर्व मुख्य प्रशिक्षक जगत टमाटा दशककै उत्कृष्ट प्रशिक्षक घोषित भए । ‘पिपुल्स च्वाइस’ तर्फको उपाधि टेबल टेनिसकी एलिना महर्जनले जितिन् । 

यस्तै धाविका पुष्पा भण्डारीले ‘पर्फमर अफ द इअर’ को उपाधि प्राप्त गरिन् भने सरिता थुलुङले ‘पारा स्पोर्ट्स अनर’ को अवार्ड पाएकी छिन् । 

स्वर्गीय शरद चन्द्र शाहलाई ‘लाइफ टाइम एचिभमेन्ट’ अर्थात् ‘गोल्डेन सेल्युट’ अवार्ड प्रदान गरिएको छ । यस्तै ‘स्पेशल’ अवार्ड डा. अजय राणालाई प्रदान गरिएको छ । ujyaaloonline.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button