
अछाममा हिड्दा हिड्दै लडेका एक जना पुरुषको मृत्यु
अछाम: अछाममा हिड्दा हिड्दै एक्कासी लड्दा घाईते भएका एक जनाको मृत्यु भएको छ ।
बुधबार दिउँसो जिल्लाको रामारोशन गाउँपालीका ५ नेटाकोटका ३३ बर्षिय नरेन्द्र साउद घरबाट बजार जाने क्रममा रामारोशनको बल्ले खोला नजिक हिड्दै एक्कासी लड्दा बेहोस भएका थिए ।
बेहोस भएका उनको बयलपाटा अस्पतालमा उपचारको क्रममा मृत्यृ भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
मृतक साउँद हेपटाईटिस बि छारे रोगको बिरामी रहेको बुझीएको छ ।