थापाकाे उपचारका लागि कांग्रेसका युवा नेता शाह द्धारा ५० हजार बढी सहयोग

मंसिर, १५ अछाम

यही कार्तिक २५ गते बिद्युत् मर्मतका क्रममा शक्त घाइते भएका सुर्य थापाको उपचारको लागि महेन्द्र बहुमुखी क्याम्पसका पुर्ब स्वबियु सभापति नेपाली कांग्रेसका युवा नेता बिष्णु बहादुर शाहले सहयोग गरेका छन ।

शाहले पठाएको रकम थापाकी धर्मपत्नी टंकि थापा लाई किर्तिपुर अस्पतालमा बिरेन्द्र बहुमुखी क्याम्पस टीकापुरका स्वबियु सभापति धन्नजय रिमाल फकिरले पुगेर अस्पतालमा आईतवार ५० हजार ४ सय ९० आर्थिक सहयोग गरेका छन् ।

काठमाडौको कृत्रिपुर अस्पतालमा उपचारत थापाको उपचारमा आर्थिक अभाबका कारण समस्या भएकाले उपचारमा सहज होस भन्दै आफुले सकेको सहयोग गरेको बिष्णु शाह ले प्रतिक्रिया दिए।

साथै उनले आउने दिनमा पनि आर्थिक अभावले उपचारमा समस्या आउन नदिनका लागि सहयोग जारी रहने र सबै लाई सहयोग गरिदिन पनि सबैमा अपिल गरे ।

आर्थिक अभावका कारण सुर्य थापाको उपचारमा समस्या भए पश्चात् आर्थिक सहायता सङ्कलनका लागी बिभिन्न ब्यत्तित्व र निकाय बाट रकम सङ्कलन गरि सहयोग गरेकोमा धन्यवाद दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker